२९ जेठ २०८३, शुक्रबार

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग


अ+
अ-

काठमाडौँ, वैशाख ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश गरिएको जानकारी दिएको छ। सुरक्षण मुद्दा केन्द्रमार्फत छपाइ भएको उक्त अनुमति पत्र पूर्णरूपमा अन्तर्राष्ट्रियस्तरको आईएसओ ७८१० आईडी–१ गुणस्तरमा आधारित तथा विश्वभर प्रचलित क्रेडिट कार्डकै मानक आकारमा तयार गरिएको छ।
विगतमा स्मार्ट चिपको व्यावहारिक प्रयोगका लागि आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको उपयोगिता न्यून रहेको र विदेशी विज्ञको सहयोगमा निर्भर हुनुपर्दा सिर्जित जोखिम न्यूनीकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेख्ड र कपी–प्रोटेक्टेड इन्टेलिजेन्ट क्यूआर (आई–क्यूआर) प्रविधि अवलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। यसले अफलाइन प्रमाणीकरणलाई संस्थागत गर्दै ट्राफिक प्रहरी वा अन्य नियामक निकायले इन्टरनेट पहुँचबिनै कुनै पनि स्थानमा सवारीचालकको पहिचान र आधिकारिकता तत्काल पुष्टि गर्न सक्ने बनाएको छ।

नयाँ अनुमति पत्रमा तीन तहका सुरक्षा विशेषताहरू राखिएका छन्, जसमा पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिका सिल्भर इंक, मेसिनले पढ्न सकिने जोन (एमआरजेड) र फोटोसँग जोडिएका विशेष सुरक्षा ढाँचा, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य युभी मसी र इन्फोरेड–एन्जोर्सन तथा तेस्रो फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने डिजिटल सिग्नेचर र प्रोपाइटरी इलेक्ट्रो–इंक समावेश छन्।
सरकारले यी अनुमति पत्रहरू अहिलेसम्म जारी भएका सबैभन्दा सुरक्षित र अत्याधुनिक अनुमति पत्र भएको समेत जनाएको छ। उत्पादन प्रक्रिया इन्ड–टु–इन्ड अफलाइन ढाँचामा रहेको, तथ्यांक चुहावटको सम्भावना पूर्णतः नरहेको, क्यूआर कोडको भ्यालिडिटी कार्डको अवधिसम्म सुनिश्चित रहेको र तुलनात्मक रूपमा कम खर्चिलो भएकाले यसले नागरिकको व्यक्तिगत गोपनीयता र तथ्यांक सुरक्षा गर्ने मन्त्रालयको दाबी छ।

नेपाललाई सुरक्षण मुद्रित दस्तावेज उत्पादनमा आत्मनिर्भर बनाउने सरकारको पहलले विदेशी मुद्रणमा हुने बहिर्गमन रोक्ने र स्वदेशमै संवेदनशील कागजात मुद्रण गर्न सक्ने क्षमता विकास भएको छ।
भविष्यमा सरकारी संयन्त्रबाटै सवारीचालक अनुमति पत्रबाहेक हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भित्ता स्टिकर, विश्वविद्यालयका प्रमाणपत्रहरू लगायत सुरक्षण मुद्रण सामग्री उत्पादन हुने सुनिश्चितता बढेको मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्