असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने
काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्राचीन व्यापारिक तथा सांस्कृतिक केन्द्र असनको मौलिकता पुनर्जीवित गर्न ‘मौलिकता पुनरुत्थान अभियान’ शुभारम्भ गरेको छ। असन डवलीमा आयोजित एक विशेष समारोहका बीच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त अभियानको उद्घाटन गरेकी हुन्।
अभियानको शुभारम्भसँगै आजैदेखि सांस्कृतिक, सामाजिक तथा रैथाने क्रियाकलापहरू सञ्चालनमा ल्याइएको छ। यो कार्यक्रम हरेक शनिबार नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। साथै, आगामी दिनमा कार्यक्रमलाई विस्तार गरी वडा नं. २५ मा पनि लैजाने योजना रहेको महानगरले जनाएको छ।
उद्घाटन समारोहअघि कःमिलाछी (दरबार हाइस्कूल नजिकै) देखि असन, भोटाहिटी, महावौद्ध स्तुप हुँदै क्यलःत्वाः (केलटोल) सम्म सांस्कृतिक बाजागाजासहित भव्य पदयात्रा गरिएको थियो। पदयात्रामा यस क्षेत्रका १३ वटा गुठि तथा परम्परागत बादन र गायन समूहका सदस्यहरूले विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत वाद्यवादन प्रस्तुत गरेका थिए।
क्यलःत्वाः पुगेपछि अभियानको निरन्तरता सुनिश्चित गर्नका लागि औपचारिक रूपमा उक्त कार्यक्रम वडा नं. २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो।
अन्य लेखहरू: नेवाः टाइम्स
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment