८ बैशाख २०८३, मंगलबार

मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम


अ+
अ-

काठमाडौं, वैशाख ४ । आज देशभर मातृ औँशी पर्व मनाइँदैछ। परम्पराअनुसार आमाप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने यस पर्वका अवसरमा बिहानैदेखि नजिकका तीर्थस्थल तथा घर–घरमा विशेष पूजा–आराधना गरिएको छ।

आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन पनि रहेको छ। काठमाडौंको मातातीर्थ लगायत विभिन्न स्थानमा दिवंगत आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि शुभकामना सन्देश जारी गरेको छ। सन्देशमा ‘सृष्टि, सभ्यता र संस्कारकी जननी आमा प्रति उच्च सम्मान अर्पण गर्ने पावन अवसर’ भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

शुभकामनामा आमाको त्याग र योगदानको उच्च कदर गर्दै सन्तानको उज्ज्वल भविष्यका लागि आमाहरूले आफ्ना व्यक्तिगत चाहना र सपना त्याग गर्ने गरेको उल्लेख गरिएको छ। “आमाले सिकाउनुभएको नैतिकता र प्रदान गर्नुभएको निस्वार्थ प्रेम नै समृद्ध राष्ट्र निर्माणको असली जग हो,” सन्देशमा भनिएको छ।

साथै आमाहरूको मर्यादा र गौरवलाई सधैं उच्च राख्ने संकल्प गर्न सबैमा आह्वान गरिएको छ। मातृ औँशीले परिवार र समाजमा आमाको भूमिकालाई स्मरण गराउँदै भावनात्मक एकता र संस्कारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्