काठमाडौं, चैत २२ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।
झाले चैत १६ गते पेश गरेको राजीनामा आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले स्वीकृत गरेको हाे। राजीनामा स्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई जिम्मेवारी दिइएकोमा सरकारप्रति आभार व्यक्त गरेका छन्।
झाले आफ्नो कार्यकालमा राससको विकासका लागि यथासम्भव प्रयास गरेको उल्लेख गर्दै केही उपलब्धि हासिल गर्न सकेकोमा सन्तोष व्यक्त गरेका छन्। उनले कार्यावधिभर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहकर्मी तथा शुभेच्छुकबाट प्राप्त सहयोगप्रति कृतज्ञता प्रकट गरेका छन्।
उनले आगामी दिनमा पनि देश र जनताको पक्षमा आवश्यक भूमिकामा प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन्।
अन्य लेखहरू: नेवाः टाइम्स
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment