२९ जेठ २०८३, शुक्रबार

तीव्र हावाहुरी र वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह


अ+
अ-

काठमाडौं, चैत ५ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, शुक्रबारदेखि दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र झापा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। हावाहुरीको गति प्रतिघण्टा ९९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने लगायतका जोखिम रहन सक्नेछ। पछिल्ला दिनमा हावाहुरीका कारण जनधनको क्षति समेत भएको उल्लेख गरिएको छ।
उक्त जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरको झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न, आगलागीका स्रोतहरू नियन्त्रणमा राख्न तथा सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ।
साथै, हावाहुरीका बेला कमजोर संरचना, रुख, टेलिफोन तथा विद्युत् पोल र तारबाट टाढा रहन, बिजुलीका उपकरण प्रयोग नगर्न तथा सुरक्षित स्थानमा बस्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले मौसम सम्बन्धी जानकारी नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्