१५ असार २०८३, सोमबार

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित


अ+
अ-

काठमाडौं, असार १४ । नेपालका विभिन्न जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा–H5N1) को संक्रमण देखिएसँगै सरकारले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित वा मरेका पक्षीसँग प्रत्यक्ष सम्पर्क नगर्न, तर राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा भने सुरक्षित रूपमा खान सकिने जनाएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाइएमा सामान्यतया सुरक्षित हुन्छ। तर काँचो वा आधा पाकेको मासु तथा अण्डा खान नहुने, बिरामी वा मरेका कुखुराको मासु प्रयोग नगर्न र काँचो मासु छोएपछि साबुनपानीले हात धुनुपर्ने सुझाव दिइएको छ।
मासु काट्ने चक्कु, चपिङ बोर्ड र भाँडाकुँडा राम्रोसँग सफा गर्न, काँचो मासुलाई अन्य खाद्यवस्तुभन्दा छुट्टै राख्न तथा मासु पूर्ण रूपमा पाकेको सुनिश्चित गरेर मात्र सेवन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मानिसमा कसरी सर्न सक्छ?
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित वा मरेका पक्षीसँग प्रत्यक्ष सम्पर्क, तिनको दिसा वा सिङ्गानसँग सम्पर्क, संक्रमित स्थान सफाइ गर्ने क्रममा सावधानी नअपनाउँदा तथा संक्रमित पक्षीको मासु खाँदा संक्रमणको जोखिम रहन्छ। यद्यपि व्यक्ति–व्यक्तिबीच सजिलै सर्ने प्रमाण भने हालसम्म सीमित रहेको मन्त्रालयले जनाएको छ।
बर्डफ्लु संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान, वाकवाकी वा पखाला लाग्ने जस्ता लक्षण देखिन सक्छन्। संक्रमित पक्षीसँग सम्पर्क भएको र यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा हेल्लो स्वास्थ्य नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

नेपालमा बर्ड फ्लुको इतिहास
नेपालमा पहिलो पटक सन् २००९ मा झापा जिल्लामा बर्ड फ्लु पुष्टि भएको थियो। त्यसयता झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा समय–समयमा संक्रमण देखिँदै आएको छ। संक्रमण देखिएका स्थानमा लाखौं कुखुरा नष्ट गर्ने, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने तथा आवतजावत नियन्त्रण गर्ने जस्ता उपाय अपनाइँदै आएका छन्।

पशु सेवा विभागका अनुसार चालु वर्षको संक्रमण कोशी प्रदेशबाट सुरु भएर काठमाडौं उपत्यकासहित कम्तीमा १० जिल्लामा फैलिएको छ। सरकारले संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा रहेका कुखुरा, अण्डा र दाना नष्ट गर्दै जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइका साथ लागू गरिरहेको जनाएको छ।
यस्तै, विभागकाअनुसार
संक्रमणका कारण पोल्ट्री उद्योगले ठूलो आर्थिक क्षति बेहोरेको छ। हजारौंदेखि लाखौं कुखुरा नष्ट गरिएका छन् भने लाखौं अण्डा पनि नष्ट गरिएको छ। उपभोक्तामा फैलिएको त्रासका कारण कुखुराको मासु र अण्डाको बिक्रीमा समेत उल्लेख्य गिरावट आएको व्यवसायीहरूले बताएका छन्।

स्वास्थ्य तथा पशु सेवा अधिकारीहरूले भने राम्रोसँग पकाएर तयार गरिएको कुखुराको मासु र अण्डा खान सुरक्षित रहेको स्पष्ट पार्दै अफवाहमा नलाग्न, संक्रमित वा मरेका पक्षीसँग सम्पर्क नगर्न तथा कुनै असामान्य मृत्यु वा संक्रमण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

बर्ड फ्लुले पोल्ट्री व्यवसायमा अर्बौंको जोखिम
नेपालको कृषि अर्थतन्त्रमा पोल्ट्री क्षेत्र सबैभन्दा तीव्र गतिमा विस्तार भएको व्यवसायमध्ये एक हो। राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा पोल्ट्री क्षेत्रबाट वार्षिक करिब ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको आर्थिक योगदान हुन्छ। यसमध्ये ब्रोइलर कुखुराबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। अण्डा उत्पादनबाट १४ अर्ब ८२ करोड रुपैयाँ, चल्ला उत्पादनबाट १० अर्ब २२ करोड रुपैयाँ र मल बिक्रीबाट करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।

तर यस वर्ष फैलिएको बर्ड फ्लुले यो उद्योगलाई गम्भीर संकटमा पारेको छ। पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण ११ जिल्लामा फैलिसकेको छ। संक्रमण नियन्त्रणका लागि करिब ६ लाख (६००,०००) कुखुरा नष्ट गरिएको छ भने लाखौं अण्डा, दाना र अन्य सामग्री पनि नष्ट गरिएको छ।

तथ्यांकअनुसार सुरुआती चरणमै ५५ वटा व्यावसायिक तथा स्थानीय फार्म प्रभावित भएका थिए। त्यस क्रममा ४ लाख ७९ हजारभन्दा बढी कुखुरा, ६ लाख ९४ हजारभन्दा बढी अण्डा र १ लाख ८३ हजार किलोग्रामभन्दा बढी दाना नष्ट गरिएको थियो। संक्रमण थप फैलिँदै जाँदा नष्ट गरिएका कुखुराको संख्या ६ लाख नाघिसकेको सरकारी तथ्यांकले देखाउँछ।

व्यवसायीहरूलाई दोहोरो मार
नेपाल पोल्ट्री व्यवसायीहरूले बर्ड फ्लुले व्यवसायमा दोहोरो असर पारेको बताएका छन्।
संक्रमण पुष्टि भएका फार्मका सबै कुखुरा, अण्डा र दाना सरकारी मापदण्डअनुसार नष्ट गर्नुपरेको छ।
उपभोक्तामा त्रास फैलिएपछि संक्रमण नभएका फार्मको पनि मासु र अण्डाको बिक्री घटेको छ।
किसानले बैंक ऋण, दानाको लागत, मजदुरी र सञ्चालन खर्च तिर्न कठिनाइ भोगिरहेका छन्।

ललितपुरका एक व्यवसायीको ५,७०० वटा कुखुरा सरकारी टोलीले नष्ट गरेपछि करोडौं रुपैयाँ बराबरको क्षति भएको र अझै क्षतिपूर्ति पाउन नसकेको उदाहरण सार्वजनिक भएको छ। यस्तै, बारास्थित राष्ट्रिय कुखुरा अनुसन्धान कार्यक्रममा मात्रै बर्ड फ्लुका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको सरकारी विवरणमा उल्लेख छ।

दीर्घकालीन चुनौती
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका ५१.२ प्रतिशत पोल्ट्री फार्मले कुनै न कुनै रोगका कारण क्षति बेहोरेका छन् भने केवल ४.१ प्रतिशत फार्मको मात्रै बीमा गरिएको छ। यसले रोगको प्रकोप आउँदा अधिकांश किसान आफैंले जोखिम व्यहोर्नुपर्ने अवस्था रहेको देखाउँछ।

विश्लेषकहरूका अनुसार, बर्ड फ्लु नियन्त्रणका लागि जैविक सुरक्षा (बायोसेक्युरिटी) मापदण्डको कडाइ, समयमै क्षतिपूर्ति वितरण, पशु बीमाको पहुँच छैन ।

नेपालमा बर्ड फ्लु : २००९ देखि २०८३ सम्म
२००९ (१६ जनवरी)
नेपालमा पहिलो पटक झापाको काँकडभिट्टा क्षेत्रमा एच–५ एन–१ (H5N1) बर्ड फ्लु पुष्टि भयो। संक्रमण नियन्त्रणका लागि करिब २८ हजार कुखुरा नष्ट गरियो र कुखुरा तथा त्यसका उत्पादनको ओसारपसारमा रोक लगाइयो। यसपछि २०१२ मा झापामै पुनः बर्ड फ्लु पुष्टि भएपछि हजारौं कुखुरा नष्ट गरियो। त्यसपछि रोग पूर्वी नेपालबाट अन्य जिल्लातर्फ फैलिन थालेको देखियो।
यस्तै, सन् २०१३–२०१९ मा चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, काभ्रे, मकवानपुरलगायत विभिन्न जिल्लामा पटक–पटक संक्रमण देखियो। संक्रमण देखिएका स्थानमा लाखौं कुखुरा, अण्डा र दाना नष्ट गरिए।
२०२०–२०२४ तथा कोभिड–१९ महामारीका बीच पनि बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा आएन। विभिन्न जिल्लामा छिटफुट संक्रमण देखिँदै रह्यो। जैविक सुरक्षा (बायोसेक्युरिटी) कमजोर भएका फार्महरू बढी प्रभावित भए।

यस वर्ष २०२६ (२०८३) को संक्रमण मोरङबाट सुरु भएर काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो। सरकारले संक्रमित फार्मका करिब ६ लाख कुखुरा तथा लाखौं अण्डा र दाना नष्ट गरिसकेको जनाएको छ। संक्रमणका कारण पोल्ट्री उद्योगले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ।
याे पटक काठमाडौंको केन्द्रीय चिडियाखानासम्म पुग्यो बर्ड फ्लु । बर्ड फ्लु पहिलो पटक व्यावसायिक पोल्ट्री फार्मबाट मात्रै नभई ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका वन्यजन्तु र चराचुरुङ्गीमा पनि पुष्टि भएपछि सरकारले चिडियाखाना अस्थायी रूपमा बन्द गरेको छ। प्रयोगशाला परीक्षणमा बकुल्ला, लाटोकोसेरो, गिद्ध लगायतका चराचुरुङ्गीमा एच–५ एन–१ संक्रमण पुष्टि भएको छ। केही स्तनधारी जनावर, जस्तै सिभेट र चितुवा बिरालोमा समेत संक्रमण देखिएको जनाइएको छ।
चिडियाखाना व्यवस्थापनले संक्रमण थप फैलिन नदिन अनिश्चितकालका लागि चिडियाखाना बन्द गरी सबै जनावरको स्वास्थ्य निगरानी, नमुना परीक्षण, जैविक सुरक्षा कडा पार्ने तथा सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ।
पशु सेवा विभागका अधिकारीहरूले काग, परेवा लगायतका जंगली चराचुरुङ्गीबाट भाइरस चिडियाखानाभित्र प्रवेश गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। साथै, चिडियाखानामा जैविक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नभएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।
केन्द्रीय चिडियाखानासम्म संक्रमण पुग्नुले बर्ड फ्लु अब पोल्ट्री उद्योगको मात्र समस्या नभई वन्यजन्तु संरक्षण, जैविक विविधता, पर्यटन र सार्वजनिक स्वास्थ्यसँग समेत जोडिएको जोखिम बनेको संकेत गरेको विज्ञहरू बताउँछन्। यसले व्यावसायिक फार्मसँगै चरा संरक्षण केन्द्र, चिडियाखाना र जंगली चराचुरुङ्गीको नियमित निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह...

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन...

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने...

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम...

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्