अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ
काठमाडौं, जेठ २६ । काठमाडौंमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (illegal escort) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका २ घर भई काठमाण्डौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका ८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा जिल्ला काठमाण्डौ, काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन् ।
यस्तै पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिइएको छ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment