२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित


अ+
अ-

काठमाडौं, वैशाख ३०। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि सत्ता र प्रतिपक्षबीच चर्काचर्की तथा नाराबाजी भएपछि बैठक केही समयका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाकाे कार्ययाेजनाअनुसार आज प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममा आजको संसदमा जवाफ दिएपछि आजकै वैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियाे ।
संसदमा लगातार अवरोध भएपछि प्रतिनिधि सभाका सभामुख डाेल प्रसाद अर्यालले प्रतिपक्ष सांसदहरूलाई बाेल्ने समय दिइएको थियाे ।
संसदमा प्रतिपक्षी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले संसदमा प्रधानमन्त्रीकाे उपस्थिति माग गर्दै देशलाई कार्यदिशा दिने महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गर्दा, पढ्दापढ्दै हिंड्ने, जनताकाे आवाज नसुन्ने र जवाफ दिन पनि नआउनु राम्रो नभएकाे बताए ।
यस्तै, राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जनताको उत्तरदायित्व संसदबाट खाेजिन्छ, रत्नपार्कबाट हाेइन भन्दै प्रधानमन्त्रीले जनताको आवाज नै सुन्न नचाहनु ठीक नभएकाे बताए । प्रधानमन्त्री महत्त्वपूर्ण दिनमा संसदमा नै आउन नभ्याउने, " याेभन्दा व्यस्त कहाँ हाे?" भन्ने प्रश्न गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका १८१ सांसदकाे अस्तित्व नै संकटमा परेकाे बताए ।
सभामुख तथा रास्वपा नेताहरूले संसदीय नियमावली देखाउँदै प्रधानमन्त्री काे अनुपस्थितिलाई छाेप्न खाेजेकाे सन्दर्भलाई शाहीले भने, प्रचलनमा प्रधानमन्त्री बिरामी भए, विदेश गएकाे अवस्थामा मात्रै नियमावली आकर्षित हुने स्पष्ट पारे ।
नीति तथा कार्यक्रमकाे रूलिङ तथा जवाफ दिन विना जानकारी अनुपस्थित भएकाेमा असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरे- आफैले सुन्न, जवाफदेही हुन नसक्ने नीति तथा कार्यक्रम भन्ने पनि हुन्छ ?
यस्तै, अर्का सांसद युवराज दुलालले पाँच वर्षसम्म पनि प्रधानमन्त्रीकाे आवाज सुन्न नपाईने हाे भन्ने प्रश्न गर्दै संसदीय उत्तरदायित्वकाे कुरालाई खिल्ली उडाइएकाे बताए ।

राष्ट्रपति रामचन्द्र पाैडेलले गत साेमबार आर्थिक वर्ष २०८३/८४ काे सरकारकाे नीति तथा कार्यक्रम संसदकाे संयुक्त वैठकमा प्रस्तुत गरेका थिए । उक्त दिन पनि प्रधानमन्त्री शाह बैठक नसक्दै निस्केर हिंडेका थिए ।

स्थिति तनावपूर्ण बन्दै गएपछि सभामुखले सबै सांसदलाई संयमित हुन आग्रह गर्दै बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ...

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम...

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए...

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक...

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने...

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्