काठमाडौं, भदाै ११ । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले ३३६ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये विभिन्न ६ देशका ४५ जना विदेशी नागरिक रहेका छन्।
नेपाली सेनाका अनुसार भाद्र ११ गते बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट उनीहरूको हवाई उद्धार गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै नेपाली सेनाले करिब ४ हजार फौज परिचालन गरेको जनाएको छ। सेनाले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना निरन्तर परिचालित रहेको जनाएको छ।
‘जहाँ संकट, त्यहाँ नेपाली सेना’ भन्ने अभियानसहित सेनाले विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग
बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...
नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो
नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...
रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा
रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment