२३ श्रावण २०८३, शनिबार

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी


अ+
अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि ६२ करोड २८ लाख रुपैयाँभन्दा बढी लागतको खरिद प्रक्रिया अघि बढाएको छ।
महानगरपालिकाले विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुकूल बनाउन छुट्टाछुट्टै बोलपत्रमार्फत खरिद प्रक्रिया अघि बढाएको हो। विद्यार्थी संख्या, विद्यालयको जग्गा स्वामित्व, भौगोलिक जोखिम तथा आवश्यक पूर्वाधारलाई आधार बनाएर विद्यालयमा लगानी बढाइएको महानगरपालिकाले जनाएको छ।
विद्यालयको पूर्वाधार विकासका लागि सहरी योजना आयोगमार्फत अध्ययन गरिएको थियो। अध्ययनबाट प्राप्त तथ्य र विद्यालयको आवश्यकताका आधारमा विकास तथा सुधारका योजना छनोट गरी खरिद प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुकूल बनाउन पूर्वाधारमा लगानी बढाइएको बताइन्।
‘बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगात्मक अभ्यासको अवसरजस्ता सुविधालाई समान रूपमा वितरण गर्ने हाम्रो योजना छ,’ उनले भनिन्।
पूर्वाधार सुधारले शिक्षकलाई शिक्षण कार्यमा थप प्रोत्साहन मिल्ने र विद्यार्थीमा सिकाइप्रति रुचि बढ्ने महानगरपालिकाको अपेक्षा छ। विद्यालयमा आवश्यक भौतिक संरचना र सिकाइ वातावरण निर्माण भएपछि बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिकलगायत चौतर्फी विकासमा समेत सहयोग पुग्ने डंगोलले बताइन्।
महानगरपालिकाले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलाई आधुनिक, सुरक्षित र बालमैत्री बनाउँदै शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले लगानी विस्तार गरेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार

नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार

नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार...

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ...

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्