२५ भदौ २०८३, शुक्रबार

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

अ+
अ-

काठमाडौं, असार ८ । यस वर्षको मनसुनी प्रणाली देशका आधाभन्दा बढी क्षेत्रमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ११:३० मा जारी गरेको ‘मनसुन आगमन बुलेटिन–२’ अनुसार मनसुन हाल कोशी प्रदेशको सम्पूर्ण भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रवेश गरिसकेको छ।
महाशाखाका अनुसार यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो। त्यसयता मनसुनी प्रणाली क्रमशः पश्चिमतर्फ विस्तार भइरहेको भए पनि हाल यसको सक्रियता कमजोर अवस्थामा रहेको जनाइएको छ।
विभागले हाल मनसुनको प्रभाव देशको पूर्वी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा देखिएको उल्लेख गर्दै बाँकी भू–भागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरेको छ।
महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ। मनसुनको अवस्थाबारे नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गरिने तथा आगामी दिनमा जारी हुने तीन दिने मौसम बुलेटिन तथा मौसमसम्बन्धी सूचनाहरूमा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
मनसुनको विस्तारसँगै वर्षा, बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिंद ै आएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्