२५ भदौ २०८३, शुक्रबार

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने


अ+
अ-

काठमाडौं, असार ७ । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका धेरै स्थानमा, साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि मौसममा सुधार नआउने विभागको पूर्वानुमान छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
रातिको समयमा पनि कोशी प्रदेशको तराईका केही स्थान, मधेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना कायम रहेको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तातो दिन तथा तातो लहरको अवस्था रहने सम्भावना रहेको विभागले जनाएको छ। विभागले वर्षा, चट्याङ तथा तातो मौसमबाट हुन सक्ने असरलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्