३१ जेठ २०८३, आइतबार

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान


अ+
अ-

काठमाडौँ, जेठ ३१ । काठमाडौँ महानगरपालिकाले याे वर्ष महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान गरेको छ । यसबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरेकाे छ भने मनसुन पूर्व तयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ ।
कार्यवाहक प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म बर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर कार्ययोजना स्वीकृत गरेको हो । महानगरपालिकाका निर्देशक वसन्त आचार्यको अध्यक्षतामा गठित योजना तर्जुमा कार्यदलले तयार पारेको सम्भावित डुवान क्षेत्रको पहिचान र नक्साङ्कनका आधारमा कार्ययोजना बनाइएको हो । 
वैठकमा समितिका संयोजक डंगोलले भनिन्, ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नू ।’ उनले विपद व्यवस्थापन विभाग र कार्ययोजनामा जिम्मेवारी प्रदान गरिएका अधिकारीलाई भनिन्, ‘कार्ययोजनाको नतिजा विपद व्यवस्थापनबाट मूल्याङ्कन हुनेछ ।’
महानगर विपद व्यवस्थापन समितिका संयोजक सुनिता डंगोलले सम्भावित डुवानको जोखिम घटाउन पूर्वाधार, सरसफाइ जस्ता तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपदका समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी हुन् ।

कार्यदलले महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान गरेको तथा यसबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरेकाे छ । विपद व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं. १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । डुवानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । नेपालकाअनुसार, ‘वडा १४ सँगै वडा नं. १३, १५, २९, १०, १६,२६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुवान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं. ४ र वडा नं. ३२ मा १०–१० ठाउँमा डुवानको जोखिम देखिन्छ ।’
प्रभावका दृष्टिले वडा नंं १६ सबैभन्दा धेरै प्रभावित देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरुले यस वडामा करिब १ हजार ६ सय परिवार प्रभावित हुने देखिन्छ । वडा नं. २६ मा १ हजार २५५ घरधुरी, ६ ठाउँमा डुवान हुने स्थान पहिचान गरिएको वडा नं. ३ मा ९५० परिवार प्रभावित, १० ठाउँ डुवानमा पर्ने वडा नं. ४ मा ९५५ घरधुरी प्रभावित हुने देखिएको छ । 
यही अवस्थाका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायत आकस्मिक सेवा लिनु पर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बरहरु राखिएका छन् । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ । 
जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरपालिकाका ११ वटा विभागका जिम्मेवारी कार्ययोजनामा तोकिएका छन् । विपदका समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् । 
गत वर्षहरुको अविरल बर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुवानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर महानगरपालिकाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुवान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । नदी तथा नदी किनारा, ढल प्रणाली, सतह ढल प्रणाली, सडक किनारामा भएका स्ल्याब, ह्युम पाइप, क्याचपिट र मेल होल खोलेर त्यहाँ जम्मा भएको फोहर निकाल्ने कामका लागि दैनिक ३० जना जनशक्तिले काम गरिरहेका छन् । ढलमा भएको अवरोध हटाएर ढल र सतह पानीको प्रवाहलाई नियमित गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप भएकाे काठमाडौं महानगरपालिकाले जनाएको छ । ढलको जल प्रवाहमा अवरोध हटेपछि सम्भावित डुवान र वाढीको जोखिम कम हुनेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्