२५ भदौ २०८३, शुक्रबार

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

अ+
अ-

काठमाडौं, जेठ २८ । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई अमेरिका तथा क्रोएसिया पठाइदिने आश्वासन दिएर रकम असुलेपछि सम्पर्कविहीन भएका व्यक्तिहरूविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बस्दै आएकी ४५ वर्षीया रुकु कुमारी श्रेष्ठ र मोरङको उर्लाबारी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्दै आएका ३५ वर्षीय शैलेन्द्र शाह रहेका छन्।
प्रहरीका अनुसार रुकु कुमारी श्रेष्ठले पीडितलाई अमेरिका पठाइदिने प्रलोभनमा पारेर ३५ लाख रुपैयाँ ठगी गरेकी थिइन्। उनीविरुद्ध एक जनाले उजुरी दिएका छन्। उनलाई २०८३ जेठ २७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी शैलेन्द्र शाहले क्रोएसिया पठाइदिने भन्दै एक जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए। उनलाई २०८३ जेठ २७ गते काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्