२५ भदौ २०८३, शुक्रबार

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा


अ+
अ-

धनगढी, जेठ २२ । संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि सुदूरपश्चिमको टीकापुरमा सुरु हुँदैछ।
जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित संघीय संसद तथा प्रदेश सभाका विभिन्न पदाधिकारी धनगढी आइपुगेका छन्।
शनिबार बिहान ८ः३० बजे हुने उद्घाटन सत्र सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा सञ्चालन हुनेछ। प्रतिनिधि सभाका सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत शुभकामना मन्तव्य दिनेछन्।
सम्मेलनअन्तर्गत शनिबार दिउँसो सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली, कानुन निर्माण तथा संघीय शासन व्यवस्थासँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वय र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच बृहत् छलफल हुनेछ।
सम्मेलनको दोस्रो दिन आइतबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नेछन्। मस्यौदामाथि छलफल गरी सहभागीहरूको सुझाव समेटेर घोषणापत्र पारित तथा हस्ताक्षर गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
आइतबार बिहान सम्मेलनको औपचारिक समापन हुनेछ भने सम्मेलनका निष्कर्ष र ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गर्न बिहान पत्रकार सम्मेलन आयोजना गरिनेछ।
सम्मेलनमा संघीय संसदका दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, समितिका सभापति, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहने सभामुख डीपि अर्यालकाे सचिवालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्