२५ भदौ २०८३, शुक्रबार

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

अ+
अ-

काठमाडौं, जेठ १ । दोलखा जिल्लाका पर्यटकीय आकर्षणहरुलाई उजागर गर्ने तथा पर्यटकीय दृष्टिकोणबाट दोलखामा पर्यटकहरुको ध्यानाकर्षण गर्ने उद्देश्य राखी निर्माण गरिएको सांगीतिक प्रस्तुति ‘तामाकोशी सललल’ को उद्घाटन राजधानीमा आज एक कार्यक्रमका बीच प्रसिद्ध लोकगायक कुमार बस्नेतबाट भएको छ ।

⠿ drag

बीबी फुँयालद्वारा रचना गरिएको उक्त गीतको गायन कल्याण सिंह र सुनिता थेगिमबाट भएको छ । यसरी नै श्रव्यदृष्यमा प्रमुख भूमिका सोल गुरुङ र बद्रि प्रसाद तिवारीले निर्वाह गरेका छन् । बीबी डिजिटलको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा सुन्न सकिन्छ । 

कार्यक्रमका बीच प्रमुख अतिथी कुमार बस्नेतको अभिनन्दन पनि गरिएको थियो । अभिनन्दित बस्नेतले आफू काठमाडौंमा जन्मिएको भएपनि हुर्केको ठाउँ दोलखाको जिरीमा भएको तथा दोलखाको बारेमा थुप्रै गीत गाएको भएपनि दोलखाबाट सम्मानित भएको यो पहिलो पटक भनी कृतज्ञता व्यक्त गर्नु भयो । यसरी नै सम्मानित व्यक्तित्व टेक बहादुर जिरेलले गीतकार बीबी फुँयालको आफ्नो विद्यार्थी रहेको र आफ्नो विद्यार्थीले गरेको प्रगतिमा सन्तोष व्यक्त गर्नु भयो । पर्यटन प्रवर्धक एवं समाजसेवी फुँयाल गीत रचनाका साथै फोटोग्राफीमा पनि दख्खल राख्छन् । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्