२६ भदौ २०८३, शनिबार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

अ+
अ-

काठमाडौं, वैशाख २४ । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेकाले आगामी दुई दिन मौसम बदली र वर्षायुक्त रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। मौसम प्रणालीको प्रभावका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नागरिकलाई मौसमसम्बन्धी पछिल्लो सूचनामा नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्