२८ भदौ २०८३, सोमबार

राष्ट्रपति पौडेलद्वारा ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचारका लागि फिर्ता


अ+
अ-

काठमाडौं, वैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयवस्तुमा पुनर्विचार गर्न सरकारलाई फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालय, महाराजगञ्जले आज सार्वजनिक गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो।

विज्ञप्तिअनुसार, राष्ट्रपति पौडेलले वैशाख २० गते सरकारको मन्त्रिपरिषद् निर्णयबमोजिम सिफारिस भई आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३’ फिर्ता पठाउनुभएका हुन्। उक्त अध्यादेशको बारेमा पुनर्विचार गर्न भन्दै सो पुनः पठाइएको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले यसअघिका दुई घटनाको पनि स्मरण गराएको छ:

१. संवैधानिक परिषद् ऐन, २०६६ संशोधन गर्ने विधेयक प्रमाणीकरणका लागि २०८२ जेठ १० (२०८२।०३।२५) मा पेश भएकोमा सन्देशसहित फिर्ता पठाइएको थियो।
२. तत्कालीन मन्त्रिपरिषद्को २०८२ कात्तिक १७ (२०८२।०८।०२) को निर्णयबमोजिम प्राप्त ‘पहिलो संशोधन अध्यादेश, २०८२’ जारी नभएको स्मरण गराइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ : “सम्बत् २०८३।०१।१४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको छ।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा...

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्