२८ भदौ २०८३, सोमबार

काठमाडौंका नदीकिनारका जोखिमपूर्ण वस्ती खाली गराइने


अ+
अ-

काठमाडौं, वैशाख १६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारका अनधिकृत तथा जोखिमपूर्ण वस्तीहरू आगामी वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गराउने भएको छ । सरकारी, सार्वजनिक तथा व्यक्तिगत जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका क्षेत्रलाई मानवीय उद्धार तथा विपद् जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको अत्यन्त जरूरी सूचनाअनुसार काठमाडौं जिल्लाभरि विभिन्न स्थानहरूमा एकैपटक यो अभियान सञ्चालन हुनेछ । वस्तीवासीहरूलाई वैशाख १७ गते साँझसम्म घरटहरा पूर्ण रूपमा खाली गरिसक्न निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ, जोखिमपूर्ण वस्तीमा निर्मित घरटहरा तत्काल खाली गर्नुपर्नेछ । परिवारमा बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका भए उनीहरूलाई पहिले सुरक्षित स्थानमा सार्नुपर्नेछ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र आवश्यकताअनुसार एम्बुलेन्सको सहायता उपलब्ध गराइने प्रशासनले जनाएको छ ।

यसैगरी, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपंक्षी तथा चौपाया ढुवानी गर्न पनि सुरक्षाकर्मीको मद्दत लिन सकिनेछ । वास्तविक रूपमा आश्रय लिनुपर्ने व्यक्ति तथा परिवारलाई सरकारले व्यवस्थित स्थानमा बसोबासको प्रबन्ध गर्ने जनाइएको छ । साथै, वास्तविक भूमिहीन व्यक्ति र परिवारको पहिचान गरी दिगो समस्या समाधानका लागि सम्बन्धित निकायले यथाशक्य छिटो टुंगो लगाउने प्रशासनको भनाइ छ ।

प्रशासनले नक्कली तथा अवास्तविक भूमिहीन भनिएका व्यक्ति र परिवारलाई कानूनी कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिएको छ । कोही पनि गलत हल्ला, दबाब, प्रभाव वा अफवाहको पछि नलाग्न आग्रह गरिएको छ । नागरिकको सुरक्षा, ज्यान तथा संविधान प्रदत्त हक अधिकार सुरक्षित हुने प्रतिबद्धता प्रशासनले जनाएको छ । वालबालिकाको शिक्षाको प्रबन्ध पनि सरकारको तर्फबाट हुने उल्लेख गरिएको छ ।

सरकारको यो अभियानमा सहयोग गर्नु सबैको कर्तव्य र जिम्मेवारी रहेको स्पष्ट पार्दै प्रशासनले सूचनालाई अटेर गरेको अवस्थामा घरटहरामा हुने थप क्षतिको जिम्मेवारी वस्तीवासी आफैं हुने समेत चेतावनी दिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा...

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्