३० भदौ २०८३, बुधबार

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी


अ+
अ-

काठमाडौँ, वैशाख १३ । सरकारले आज पनि काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ। बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए।

यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार...

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्