३२ श्रावण २०८३, सोमबार

स्वास्थ्य मन्त्रालयको प्रगति: ३२ अस्पतालमा १०% निःशुल्क बेड, बर्न वार्ड र एयर एम्बुलेन्स सेवा विस्तार


अ+
अ-

काठमाडौँ, चैत २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले शासकीय सुधारका १०० बुँदे कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित बुँदा नं. ८५ को कार्यान्वयनमा उल्लेख्य प्रगति भएको जनाएको छ।
मन्त्रालयका अनुसार १९ निजी र १३ सरकारी गरी कुल ३२ अस्पतालमा १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा प्रदान गरिएको विवरण अद्यावधिक गरी सार्वजनिक गरिएको छ। यसले विपन्न तथा असहाय बिरामीलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
अस्पताल सेवा सुधारतर्फ वीर अस्पताल, गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल लगायतका प्रमुख अस्पतालहरूमा अनुगमन गरी सेवाको गुणस्तर सुधारका लागि आवश्यक पृष्ठपोषण गरिएको मन्त्रालयले जनाएको छ। साथै, अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार भइसकेको छ। संघीय तथा प्रादेशिक अस्पतालहरूसँग सेवा गुणस्तर सुधारबारे छलफल गरी सुधार कार्ययोजना अनुसार प्रगति प्रतिवेदनसमेत प्राप्त भएको छ।
त्यसैगरी, जलन (बर्न) उपचार सेवाको विस्तारका लागि टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पताल मा बर्न वार्ड स्थापना गर्ने तयारी थालिएको छ। मधेस प्रदेशको कलैया अस्पताल मा पनि यस्तै सेवा सुरु गर्ने तयारी भइरहेको छ भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अवरुद्ध रहेको बर्न उपचार सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
दुर्गम तथा पहाडी क्षेत्रका बिरामीलाई लक्षित गर्दै सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालमा हवाई एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ। विशेषगरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि कार्यविधि संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँग समन्वय भइरहेको छ।
यस्तै, स्वास्थ्य सेवासम्बन्धी गुनासो सहज रूपमा संकलन र सम्बोधन गर्न QR कोड तथा छुट्टै इमेलमार्फत प्रणाली सुरु गरिएको मन्त्रालयले जनाएको छ। एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनको कार्य पनि प्रारम्भ भइसकेको छ।
मन्त्रालयले यी कार्यक्रममार्फत स्वास्थ्य सेवा पहुँच, गुणस्तर र आपतकालीन सेवा सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति...

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता...

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्