१० असोज २०८३, शनिबार

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ सुरु


अ
अ+
अ-

काठमाडौं, फागुन ९  । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजना शुक्रवारबाट नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ सुरु भएको छ ।

प्रदर्शनीको प्रमुख अतिथि बागमती प्रदेशका माननीय संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङपालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्ति चर्चा गर्दै कला क्षेत्रका लागि बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै देशकाे पहिचान दिलाउन र अर्थतन्त्रमा कलाकारले दिएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको सफ्टपावर भनेको कलाकार भएकाले यसको सुरुवात ललितकलाले गरेको र कलाका विषयमा अहिले उपत्यकाबाहिर पनि चर्चा–परिचर्चा बढेको बताए।आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त गर्दै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै जानुपर्ने धारणा कुलपति नारदमणिकाे थियाे ।

प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुवात गरेको प्रसङ्ग सम्झाउँदै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताए । उनले ललितकलाको प्रवर्द्धन र विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकलाको इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताए ।

समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वर्ल्ड आर्ट लिङ्क (रत्ननगर, चितवन), इ आर्टस् नेपाल (ललितपुर)लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभाका सदस्यसँगै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान पूूर्व उपकुुलपति गोपाल चित्रकार, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबुु पुुन, ललितकला क्याम्पस भोटाहिटीका क्याम्पस प्रमुख डा. यामप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँसँगै कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य सुन्दर सिंखवालको संयोजनमा सविना तामाङ तथा रजनी सिंखवालले गरेका थिए ।

प्रदर्शनीमा बागमती प्रदेशका कलाकारले सिर्जना गरेको परम्परागत चित्रकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिएका छन् । नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको प्रदर्शनी फागुन १२ गतेसम्म चल्ने छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्