३० जेठ २०८३, शनिबार

बेलायती पूर्व राजकुमार एन्ड्रू पक्राउ


अ+
अ-

काठमाडौं, फागुन यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर सार्वजनिक पदमा रहँदा 'अनुचित व्यवहार' गरेको आशङ्कामा 'पक्राउ' परेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार यस विषयमा प्रतिक्रिया दिँदै राजा चार्ल्सले राजपरिवारले सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा "पूर्ण सहयोग" गर्ने प्रतिक्रिया दिएका छन्।

राजाले भनेका छन्, " स्पष्ट रूपमा भन्न चाहन्छु कि कानुनले आफ्नो बाटो लिनुपर्छ।"

केही दिनअघि टेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रूले यौनअपराधी जेफ्री एप्स्टीनसँग केही गोप्य कागजातहरू 'शेअर' गरेको उजुरीबारे अनुसन्धान सुरु गरेको बताएको थियो।

आजै ६६ वर्ष पूरा गरेका एन्ड्रूले बारम्बार त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।

विश्वभर राजनीतिक सामाजिक ध्यान तानेको यस घटनामा पक्राउ छानबिनपछि थेम्स भ्याली प्रहरीले जारी गरेको विवरणअनुसार, ६६ वर्षीय एन्ड्रू माउन्टब्याटन विन्ड्जरलाई नारफोकस्थित उनको निवास सेन्ड्रिघम एस्टेट ( उड फार्म ) बाट बिहीबार बिहान पक्राउ गरिएको अलजजिराले जनाएकाे हो। प्रहरीले बर्कशायर तथा नोरफोकका अन्य ठेगानामा पनि खोजी अभियान जारी रहेको जनाएको पनि अलजजिराले जनाएको छ।

पक्राउको आधिकारिक घोषणा गर्दा प्रहरीले आरोपीको नाम खुलाएको छैन, तथापि सबै विवरण, उमेर स्थानका आधारमा समाचार एजेन्सीहरूले सोही व्यक्ति रहेको पुष्टि गरेका छन्।

पक्राउ गएको आशङ्काको आधारसार्वजनिक पदमा अनुचित व्यवहारभन्ने कानूनी दफा अन्तर्गत गरिएको हो। यसलाई ब्रिटेनको समान कानून (कमन ) अन्तर्गत सार्वजनिक कार्यालयको शक्ति वा जिम्मेवारीको गम्भीर दुरुपयोग वा अनैतिक कार्य भन्दै परिभाषित गरिएको छ। यसमा दोषी ठहरिएमा अत्याधिक सजायसम्म ( आजिवन कारावास) हुन सक्छ भन्ने कानुनी व्यवस्था

एपीका अनुसार यो मुद्दा विशेष रूपमा उनका जेफ्री एपस्टिनसँगको सम्बन्ध गोप्य सरकारी रिपोर्टहरू साझेदारी गरेको आरोप सँग जोडिएको छ। एजेन्सीहरूले जनाएको कि प्रहरीले २०१० मा पूर्व राजकुमारले बेलायती सरकारका संवेदनशील व्यापार रिपोर्टहरू एपस्टिनलाई पठाएको भन्ने दस्तावेजहरूको आधारमा छानबिन गर्दैछ। यो अनुसन्धान अमेरिकी न्याय विभागले सार्वजनिक गरेकाएप्स्टिन फाइलहरूबाट बाहिर आएको थियो।

एजेन्सीहरूका अनुसार एन्ड्रूलाई पहिले नै उनका सबै राजकीय उपाधिहरू औपचारिक जिम्मेवारीहरूबाट अलग गरिएको छ। लामो समयदेखि एपस्टिनसँगको मित्रता विवादित आरोपले उनको प्रतिष्ठामा ठूलो धक्का पुगेको थियो।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पनिकानुन सबैको लागि बराबरभनिएकाे यश घटनाकाे अहिलेसम्म औपचारिक आरोपपत्र भने दर्ता नगरिएको गरिएको तर उनी प्रहरी हिरासतमा रहेकाे अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको समाचार एजेन्सीहरूले जनाएको

एजेन्सीहरूकाे सहयाेगमा

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्