१० असोज २०८३, शनिबार

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु


अ
अ+
अ-

काठमाडौं, माघ १८ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा हिजो शनिबारदेखि लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगसँगै संस्कृति, शान्ति र विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताउँदै राष्ट्रले यसलाई बोध गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आँैल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको कुलपति हार्तम्छालीको कथन थियो ।

कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुख्य केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा जोड दिँदै कलाका माध्यमबाट कलाकारहरूले ती विषयवस्तुलाई समेत प्रस्तुत गर्नुपर्ने बताए । प्रमुख खेलराजले यस्ता गतिविधिलाई पालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताए ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिंदै प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेको जानकारी दिएका थिए ।

यसै गरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बन्जाडे, कलाकार एच.वी रम्तेलले आ–आफ्नो धारणा राखेका थिए  ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका ११५ जना कलाकारका १५० भन्दाबढी कलाकृतिहरू समावेश छन् । नेपाल पर्यटन बोर्ड कला प्रवद्र्धक रहेको प्रदर्शनी माघ २१ गतेसम्म चल्ने छ ।

बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालयमा भईरहेको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्