२ भदौ २०८३, बुधबार

जादू देखाउने बौद्ध भिक्षु


अ+
अ-

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको नाम हो, भन्ते बुद्धप्रकाश । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा चिनिन्छन्।

गौतम बुद्धले जादू वा इन्द्रजाललाई कुनै स्थान दिएका भने छैनन् । जादू देखाउने एक दम्पतीलाई प्रव्रज्या दिई भिक्षु र भिक्षुणी बनाएको घटना भने पाइन्छ । तर त्यसपछि तिनीहरुलाई जादू देखाउन दिएनन् । बुद्धका अनुसार जादू देखाउने जस्ता पेशाहरु मिथ्या आजीविका हो । 

जादूले जस्तै मान्छेलाई विस्मीत पार्ने ऋद्धिबल प्रदर्शनी भने बौद्ध जगतमा पाइन्छ । बुद्ध पनि ऋद्धिबल  प्रदर्शनी गर्दथे । उनका अग्रश्रावक मौद्गल्यायण त  ऋद्धिबलमा माहिर नै थिए । हावामा हिड्नु, उड्नु, तुरुन्तै अन्तध्र्यान हुनु तथा फेरि प्रकट हुनुजस्ता अनेकौं ऋद्धिबल ध्यानीहरुलाई स्वतः प्राप्त हुने गर्दछ । तर जहाँ पायो त्यहाँ ऋद्धि प्रदर्शनी गर्दै हिड्नमा बुद्धले रोक लगाएको पाइन्छ । बुद्धले विभिन्न खेलमाथि पनि कडा रुपमा प्रतिबन्ध लगाएका थिए । त्यही प्रकृतिको जादूमाथि मात्र सकारात्मक हुने त कुरा हुँदैन । तर जादू देखाउँदै हिड्ने भन्ते बुद्धप्रकाश भन्छन्– ‘‘जादूलाई प्रयोग गरेर म ‘अन्धविश्वास भगाओ– देश बचाओं अभियानमा लागिरहेको छु ।’’

बुद्धले आफ्ना भिक्षुहरुलाई लोक कल्याणका लागि देशदेशावरको यात्रा गर्न उत्प्रेरित गर्थे । एकै ठाउँमा बसिराख्न दिंदैनथे । स्वयं बुद्ध पनि भ्रमण गर्दै गर्थे र धर्म उपदेश दिँदै हिड्थे । उही परम्परालाई थाम्दै आएको भन्ते बुद्धप्रकाश भन्छन् । उनले जादू देखाउँदै भारतका थुप्रै प्रदेश घुमिसकेका छन् । सके सबै प्रदेश घुम्ने पनि बताउँछन् । स्कूल, कलेज, जेल मात्रै होइन, घुम्दै जानेक्रममा उपयुक्त समय र स्थान पायो कि उनी जादू देखाउन तम्सी हाल्छन् । टेलिभिजनमा पनि जादूको प्रदर्शन गरिसकेका छन् । उनी भारतका विभिन्न ठाउँको भ्रमण गर्दै गरेको अवस्थामा  विहारस्थित नव नालन्दा विश्वविद्यालयको नजिकै एक विहारमा मेरो उनीसँग भेट भएको थियो ।

उनी जादू देखाएर मान्छेहरुलाई अचम्म मात्रै पार्दैनन्, जादू देखाउँदा लुकाइने ‘ट्रीक’ पनि खुलाइदिन्छन् । जादू, टुनामुना जस्ता केही पनि कुरा छँदै छैनन् र तिनीहरु त हातको सफाइ मात्रै रहको सन्देश दिएर सर्वसाधारणलाई अन्धविश्वास तथा अन्य भ्रमबाट हटाउनु नै उनको मुख्य उद्देश्य हो ।  जादूको मद्दतबाट अन्धविश्वासलाई संस्थागत गर्नेहरुको आधार नै ध्वस्त पार्न उनले यसरी जादूको भेद पनि खोल्ने गरेका हुन् । जादू देखाउँदै हिड्ने क्रममा उनी सामाजिक अन्धविश्वासमाथि प्रहार गर्नुका साथै बुद्ध वचनहरु पनि सुनाउँदै गर्छन् ।

भन्ते बुद्धप्रकाश भिक्षु हुनुअघि पेशाले चिकित्सक थिए । हिन्दू पृष्ठभूमिका उनी बौद्ध धर्ममा आकर्षित भई दुई दशक अघि प्रव्रजित भएका थिए । बौद्ध धर्ममा प्रवजित हुनु भनेको भिक्षु बन्नु हो ।

जादूको प्रशिक्षण लिई अब जादू देखाउँदै हिडेका हुन् । जादू मात्रै देखाउने कि सिकाउने पनि गर्नु हुन्छ ? उनी जवाफ दिन्छन्, मेरो उद्देश्यमा सहायक हुने हो भने तिनीहरुलाई सिकाउनमा कुनै आपत्ती छैन । भन्छन्– ‘‘म जादूगर होइन, भिक्षु हुँ । मान्छेलाई जागरुक बनाएर समाजलाई डोयाउन चाहन्छु ।’’

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्