२८ कार्तिक २०८३, शनिबार

स्वास्थ्य बीमाकाे दुरुपयोग रोक्न सबै पक्ष सचेत हुनुपर्ने


अ
अ+
अ-

पोखरा, माघ १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमालाई दिगो बनाउने र यसको दुरुपयोग रोक्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएकी छन्। साथै, औषधि खरिद प्रक्रियामा पारदर्शिता, गुणस्तर सुनिश्चितता तथा ल्याब परीक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रतिष्ठानको प्राज्ञिक सफलताको कामना गरिन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ स्थापना दिवसकाे प्रमुख आतिथ्यता गर्ने क्रममा मन्त्री डा. सुधाकाे उक्त अभिव्यक्ति आएकाे हाे ।

कार्यक्रमको अवसरमा मन्त्री गौतमबाट प्रतिष्ठानको विशेष स्मारिका विमोचन गर्नुका साथै उत्कृष्ट चिकित्सक तथा कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएकाे थियो। कार्यक्रमका क्रममा मन्त्रीले प्रतिष्ठान अन्तर्गतका आकस्मिक, मानसिक स्वास्थ्य, प्रसूति विभाग तथा सिमुलेशन ल्याबको निरीक्षण गर्दै ‘आमा सुरक्षा’ र मानसिक स्वास्थ्यको क्षेत्रमा प्रतिष्ठानले पुर्‍याएको योगदानको  प्रशंसा गरिन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो। 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड...

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा...

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण,  राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का...

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय...

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव...