दशैंको सातौं दिन- आज फूलपाती, बसन्तपुर दरबारमा ऐतिहासिक परम्परा निरन्तर
काठमाडौं, असोज १३ । आज दशैंको सातौं दिन, फूलपाती पर्व देशभर धुमधामका साथ मनाइँदैछ। दुर्गा पूजा प्रारम्भ भएको सातौं दिनमा विशेष पूजाआजा गरी फूलपाती घर–घरमा भित्र्याउने परम्परा छ।
काठमाडौंमा भने फूलपाती विशेष ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको दिन हो। गोर्खाबाट विशेष विधिअनुसार ल्याइएको फूलपाती परम्परागत रूपमा सैनिक सम्मानका साथ बसन्तपुर दरबारमा भित्र्याउने परम्परा छ। सेनाको कवाज, तोप र बाजागाजासहित फूलपाती दरबारभित्र पु¥याइएपछि मात्रै राजधानीवासीले घर–घरमा फूलपाती भित्र्याउने चलन रहिआएको छ।
ऐतिहासिक पृष्ठभूमि
इतिहासकारहरूको भनाइमा यो परम्परा पृथ्वीनारायण शाहपछि सुरु गरेकाे हाे। गोरखाबाट फूलपाती दरबारसम्म भित्र्याउने संस्कार दरबार–केन्द्रित शासन व्यवस्थासँग जोडिएको थियो। त्यसपछि प्रत्येक वर्ष राजसंस्था र सेनाले विशेष भव्यताका साथ फूलपाती बसन्तपुरमा भित्र्याउने परम्परा कायम राखे।
गणतन्त्रपछि पनि निरन्तरता
२०६३ सालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि फूलपाती भित्र्याउने परम्परा भने कायम राखिएको छ। तर, राजसंस्थाको प्रत्यक्ष संलग्नता हटेपछि यो कार्य संस्कृति मन्त्रालय र नेपाली सेनाको व्यवस्थापनमा निरन्तर भइरहेको छ। अहिले फूलपाती बसन्तपुर दरबारमा भित्र्याइएर पूजाआजा गरिन्छ र त्यसपछि जनसाधारणले घर–घरमा फूलपाती भित्र्याउने परम्परा अझै पालना हुँदै आएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment