३१ जेठ २०८३, आइतबार

नायिका स्वस्तिमा खड्काकाे दशक यात्रा


अ+
अ-

काठमाडौं, भदाै ४। एक दशक अघि सेतो पर्दामा पहिलो पटक देखिएकी किशोरी अहिले आफ्नै यात्रामा फर्केर हेर्छिन् र भविष्यतर्फ अघि बढ्ने सङ्कल्प गर्छिन्। अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो चलचित्र यात्राको १० वर्ष पूरा हुने अवसरमा आफ्नो भावनात्मक अनुभूति सार्वजनिक गरिन्।

“१० दिनअघि जस्तै लाग्छ,” उनले आफ्नो अनुभूति सार्वजनिक गर्दै भनिन्, “पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो। समयको सुई खट्खट दौडिएर १० वर्षको किशोर भइसकेछ।”

स्वस्तिमाले लेख्छिन्, उनी प्रायः पछि फर्केर जीवनलाई हेर्न मन पराउँदिनन्, किनभने यसले कहिले अहंकार त कहिले निराशा जनाउँछ। तर, यस विशेष मोडमा उनले पछाडि फर्केर हेर्न मन लागेको स्वीकार गरिन् र त्यो अनुभव आनन्ददायी रहेको बताइन्।

“यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दसौं वर्षलाई डोर्याउने छन्,” उनले भनिन्।

आफ्नो यात्रालाई ‘सिनेमाको वर्णमाला सिक्ने’ प्रक्रिया भनी व्याख्या गर्दै उनले बताइन् कि काम र अग्रजहरूको मार्गदर्शनले उनलाई यस क्षेत्रको कखरा सिकाएको र यो ज्ञान नै उनलाई भविष्यमा परिपक्व बनाउँदै लैजानेछ।

आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले भनिन्, “मलाई स्वीकार्नुभएकोमा धन्यवाद। मलाई ‘नाइ’ भन्नुभएकोमा धन्यवाद। ममा सन्देह गर्नुभएकोमा धन्यवाद। म लड्दा उठाएर हिँडाइदिनुभएकोमा धन्यवाद। र, मेरो सपनाको अंश बनिदिनुभएकोमा धन्यवाद।”

उनले आफू सधैं प्रेमले भिजिरहन पाउने कामना गर्दै आफ्नो भविष्यको यात्राको लागि उत्साह व्यक्त गरिन्।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्