३० जेठ २०८३, शनिबार

देशभरका प्रमुख राजमार्गहरू वर्षाको कारण अवरुद्ध


अ+
अ-

काठमाडौं, असोज १८ । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका मुख्य राजमार्गहरूमा यातायात अवरुद्ध भएका छन्। प्रहरीका अनुसार हालसम्म कम्तीमा १७ स्थानमा सडक अवरुद्ध भएका छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट बाहिरिने नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ तथा मकवानपुरतर्फ जाने सडक खण्डमा बिहान ७ बजेदेखि दुबै तर्फका सवारी साधन होल्ड गरिएको छ। निरन्तर वर्षाका कारण सडक खोल्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोकमा धुलिखेलदेखि दोलालघाट हुँदै सिन्धुपाल्चोक सिमानासम्मको बिपी र अरनिको राजमार्ग पनि दुबै तर्फी रूपमा बन्द गरिएको छ। त्यस्तै, रसुवामा बाढीले नेपाल–चिन सीमा जोड्ने मितेरी पुल क्षति पुगेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। पासाङ ल्हामु सडकखण्डका विभिन्न ठाउँमा सुख्खा पहिरो खसेर पनि बाटो बन्द भएको जनाइएको छ।

संखुवासभामा कोशी राजमार्गका विभिन्न स्थानमा बाढी र पहिरोका कारण लामो समयदेखि यातायात सुचारु हुन सकेको छैन। भोटखोला गाउँपालिका–४ बरुणखोलाबाट सुरु भएको अवरोध अहिलेसम्म खुल्न सकेको छैन भने मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पनि बाटो पूर्ण रूपमा बन्द छ।

अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–४ चारकिलो नजिक भासिएर पुनः अवरुद्ध भएको छ। साना सवारी केही समय चलाइए पनि शुक्रबार बिहान फेरि १५ मिटर सडक भासिएपछि आवागमन बन्द भएको हो। बिपी राजमार्गको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुंगामा ढुंगा खस्दा दुबै तर्फबाट सवारी चल्न रोकिएको छ।

ओखलढुंगाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने सडकखण्ड, नारायणगढ–मुग्लिङ सडक, र बाग्मती गाउँपालिका–३ टाकुचेमा पर्ने कान्तिलोकपथ पनि अवरुद्ध भएका छन्।

त्यस्तै, कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकखण्डमा डोढारे खोलामा पानीको बहाव बढ्दा बाटो बगाएको छ। पृथ्वी राजमार्गमा धादिङको गजुरी र बेनिघाट रोराङ क्षेत्रमा पहिरो खसेपछि आवागमन रोकिएको छ। धनकुटाको पाख्रीबास र सिन्धुलीको फिक्कल गाउँपालिकास्थित मध्यपहाडी लोकमार्गमा समेत पहिरो खसेर बाटो बन्द भएको छ।

प्रहरीका अनुसार लगातारको वर्षाले जोखिम बढाएको र विभिन्न ठाउँमा उद्धार तथा सडक मर्मतका प्रयास जारी छन्। तर वर्षा नरोकिँदासम्म सडक सञ्चालनमा आउन समय लाग्ने जनाइएको छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्