३० जेठ २०८३, शनिबार

आज काठमाडौंमा घाम झुल्कने, कोशी प्रदेशमा भारी वर्षाको सम्भावना


अ+
अ-

काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पूर्वी र दक्षिणी भूभागमा फेरि एकपटक वर्षाको सम्भावना कायम छ भने काठमाडौं उपत्यकासहित मध्य तथा पश्चिमी भागमा भने मौसम सुधार हुँदै गएको छ।

विभागको आजको पूर्वानुमानअनुसार दिउँसो कोशी र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ। देशका अन्य भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

रातिको क्रममा पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भागमा साधारण बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायम छ भने कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ।

मौसम विज्ञ उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीबाट आएको मनसुनी वायु अहिले देशभर प्रभावकारी रहेको भए पनि वर्षा गराउने प्रणाली अहिले निकै कमजोर भइसकेको छ। “हिजो राति करिब दुई बजेपछि यो प्रणाली काठमाडौं उपत्यकाबाट पूर्वतर्फ सर्दै कमजोर भएको हो,” उपाध्यायले भने, “अब बागमती प्रदेशमा वर्षा हुने सम्भावना छैन, यदि भयो पनि अलि सिमसिम मात्र पर्ला।”

उनका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम खुल्दै गएको छ र मध्यान्हसम्म घाम झुल्क्ने अपेक्षा गरिएको छ।

तर, कोशी प्रदेशका पहाडी जिल्लाहरूमा भने आज साँझसम्म मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले स्थानीय तह र नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। भारी वर्षाका कारण सप्तकोशी नदीको बहाव बढ्ने सम्भावना रहेको छ। अन्य प्रमुख नदीहरू — त्रीशुली, मर्स्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशी — मा भने पानीको बहाव क्रमशः घट्दै जाने विभागले जनाएको छ।

कोशी बाहेकका राजमार्गहरूमा आजदेखि यातायात सुचारु हुने सम्भावना देखिए पनि पहाडी क्षेत्रमा गलेका भूभागका कारण पहिरोको जोखिम यथावत् रहने विभागले सचेत गराएको छ। काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा भने दैनिक जनजीवन सामान्य अवस्थामा फर्किने र साना नदी–खोलामा अब तत्काल जोखिम नरहेको बताइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्