१ असार २०८३, सोमबार

शिक्षामन्त्री पुनको निर्देशन: “भवन र ल्याबजस्तै उच्चस्तरीय काम देखिनुपर्छ”


अ+
अ-

काठमाडौं, असाेज २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हिजो विभिन्न सम्बन्धित निकायका प्रमुखहरूसँग भएका छुट्टाछुट्टै बैठक र अवलोकनपछि शिक्षा क्षेत्रका संरचनागत सुधार र गुणस्तरीय रूपान्तरणका लागि निर्देशन दिएका छन्।

मन्त्री पुनले पहिलो चरणमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा करिब दुई घण्टा बिताउँदै त्यहाँका ल्याब र पूर्वाधारहरूको अवलोकन गरे। ३७ करोडको वार्षिक बजेटमध्ये २७ करोड प्रशासनिक खर्च र १० करोड अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याइएको पाएको बताउँदै उनले भने, “भवन र ल्याब त उच्चस्तरका छन्, अब काम पनि त्यसै स्तरको हुनुपर्छ।” उनले नास्टका वैज्ञानिक र कर्मचारीलाई “नास्टलाई अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र कसरी बनाउने” भन्ने विषयमा सुझाव यही हप्ताभित्र पेस गर्न निर्देशन दिएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तीन घण्टा लामो छलफल गर्दै मन्त्री पुनले शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून रहेका विद्यालयहरू मर्ज गर्ने प्रक्रिया र देशभर लागू हुने प्रधानाध्यापक नियुक्ति कार्यविधि तयार गर्न निर्देशन दिएका छन्। साथै, उनले अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री निर्माणमा केन्द्रित हुने नयाँ कार्यक्रम बनाउन आदेश दिएका छन्।

पाठ्यक्रम विकास केन्द्रमा भएको दुई घण्टे बैठकमा मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम विकासमा गम्भीर र समयमै परिमार्जन गर्न जोड दिए। मातृभाषाका पाठ्यपुस्तक विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, इतिहास र संविधानसम्बन्धी शिक्षा समावेश गर्ने विषयलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा १०० अंकको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले त्यसअनुसार पाठ्यक्रम विकास गर्न पनि निर्देशन दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्