५ असार २०८३, शुक्रबार

५८ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा


अ+
अ-

चितवन, असोज १० । तुइन खोलामा गएको ठूलो पहिरो पन्छाएपछि ५८ घन्टापछि नारायणघाट–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।

मंगलबार साँझ पहिरो खस्दा दिउँसो करिब १ बजेदेखि सडक अवरुद्ध भएको थियो। बुधबार बिहानदेखि सुरु भएको पहिरो हटाउने काम बिहीबार राति १०ः४५ बजे मात्र सकिएर सडक खुला गरिएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहीबार राति ७ बजेदेखि फ्लडलाइट बालेर निरन्तर काम गरिँदै सडक सञ्चालनमा ल्याइएको हो। यसअघि रातको समयमा काम गरेकाे नभए पनि लामो समयको अवरोधले यात्रुहरूलाई समस्या भएपछि विशेष व्यवस्था गरिएको हो।

सडक बन्द हुँदा हजारौँ सवारी साधन बीचमै अड्किएका थिए भने यात्रुहरू लामो समय त्रासदीपूर्ण अवस्थाबाट गुज्रिन बाध्य भएका थिए।

यसअघि पनि यही ठाउँमा गत शुक्रबार पहिरो खस्दा करिब ४५ घन्टापछि मात्रै सडक सञ्चालनमा ल्याइएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्