५ असार २०८३, शुक्रबार

डब्लुएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रमा ‘पब्लिक हेल्थ च्याम्पियन’ पुरस्कार: नेपालका महिला स्वास्थ्य स्वयंसेविका समेत सम्मानित


अ+
अ-

काठमाडौं, असोज ७। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले पहिलो पटक स्थापना गरेको ‘पब्लिक हेल्थ च्याम्पियन’ पुरस्कार घोषणा गरेको छ। यस वर्ष नेपालका महिला स्वास्थ्य स्वयंसेविका (FCHVs), भारतका डा. सतेंद्र सिंह र लेप्रा सोसाइटी विजेता बनेका छन्।

नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको हाे ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारसंगै खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनुका साथै नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ ।

डब्लुएचओ दक्षिण-पूर्वी एसियाले जारी गरेकाे विज्ञप्तिअनुसार नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप अभियान विस्तार, पोषण प्रवर्द्धनदेखि रोग प्रकोप व्यवस्थापनसम्म पुर्‍याएको प्रभावकारी योगदानका लागि सम्मानित गरिएको हो।

स्वास्थ्य स्वयंसेविकाकाे योगदानले नेपालमा मातृ मृत्युदर १९९० मा हरेक १ लाख जीवित जन्ममा ९०१ बाट २०२१ मा घटाएर १५१ मा ल्याउन मद्दत गरेको छ। त्यस्तै, पाँच वर्षमुनिको बाल मृत्यु दर पनि १६२ बाट घटेर २८ मा झरेको तथ्यांक (NDHS २०२२, युनिसेफ) सार्वजनिक छ। न्यून लागतमा उच्च प्रभाव पार्ने नमुना कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको स्वयंसेविका कार्यक्रमलाई दिगो, लैंगिक समानता प्रवर्द्धन गर्ने र समुदायमै आधारित स्वास्थ्य प्रणाली सबल पार्ने सफल अभ्यासका रूपमा प्रस्तुत गरिएको छ।

व्यक्तिगत श्रेणीमा भारतका दिल्लीस्थित युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेज र जीटीबी अस्पतालका फिजियोलोजी विभागका निर्देशक–प्राध्यापक डा. सतेंद्र सिंहलाई अपांगता समावेशी स्वास्थ्य प्रणाली र मेडिकल शिक्षामा गरेको योगदानका लागि पुरस्कृत गरिएको हो। अपांगता भएका व्यक्तिका हकहितमा अधिकार–आधारित दृष्टिकोणबाट उनले गरेको पहलले नीति, पाठ्यक्रम र संस्थागत अभ्यासमा परिवर्तन ल्याएको उल्लेख छ।

संस्थागत श्रेणीमा भारतकै १९८९ देखि क्रियाशील गैरसरकारी संस्था लेप्रा सोसाइटी विजेता बनेको छ। कुष्ठरोग उपचारमा प्रयोग हुने क्लोफाजिमिन औषधि विकास, बहु–औषधि उपचार पद्धति र अल्सर रोकथामका लागि विशेष खालका जुत्ता विकास जस्ता महत्वपूर्ण उपलब्धिहरू यस संस्थाले हासिल गरेको छ। सोसाइटीले भारतका ९ वटा राज्य र १४३ जिल्लामा १४६ स्वास्थ्य केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै यसले क्षयरोग, एचआईभी, लिम्फाटिक फिलेरियासिस तथा कोभिड–१९ महामारीमा समेत उल्लेखनीय काम गरेको छ।

डब्लुएचओले यस पुरस्कारमार्फत सदस्य राष्ट्रहरू वा सम्पूर्ण क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने खालका योगदान गर्ने व्यक्ती तथा संस्थालाई सम्मान गर्ने उद्देश्य राखेको जनाएको छ। यसपटक बंगलादेश, भारत, नेपाल र थाइल्याण्डबाट ५० नामांकन प्राप्त भएको थियो।

विजेताहरूलाई आगामी ७८औं दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठकका क्रममा श्रीलंकाको कोलम्बोमा विशेष कार्यक्रममा सम्मान गरिने भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्