३० जेठ २०८३, शनिबार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ‘विनाशकारी’ सुनामीकाे चेतावनी


अ+
अ-

काठमाडौं, असोज २४ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि अधिकारीहरूले तटीय क्षेत्रमा ‘विनाशकारी’ सुनामीको चेतावनी जारी गरेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार स्थानीय समय अनुसार शुक्रबार बिहान १०:३७ बजे (नेपाल समय अनुसार बिहान करिब ७ बजे) मिन्दानाओ टापुको पूर्वी तट म्यानाय ( दाभाओ ओरियन्टल) नजिक सागरभित्र भूकम्पको केन्द्रबिन्दु रहेको थियो। यसको गहिराइ करिब २० किलोमिटर रहेको बताइएको छ।

एकको मृत्यु, भवन र संरचनामा क्षति

एपी न्युजका अनुसार यो भूकम्पमा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। भवनबाट खसेको भग्नावशेषले ती व्यक्ति मारिएका हुन्।

स्थानीय प्रशासनका अनुसार केही घर र विद्यालय भवनमा दरार र आंशिक क्षति पुगेको छ। मिन्दानाओका विभिन्न सहरहरूमा मानिसहरू घरबाहिर निस्कँदा भगदाैडसमेत मच्चिएको बताइएको छ।

विद्युत आपूर्तिमा अवरोध र संचार सेवा केही घण्टासम्म ठप्प भएको जनाइएको छ। विद्यालयमा विद्यार्थीहरूमा आतंक र मानसिक आघातसमेत देखिएको बताइएको छ।

सुनामीको चेतावनी र स्थिति

फिलिपिन्सको भोल्क्यानोलोजी एजेन्सी, फिभाेल्क्सले भूकम्पपछि “विनाशकारी सुनामी” आउन सक्ने भन्दै मिन्दानाओका तटीय बस्तीहरूका बासिन्दालाई तत्काल उच्च स्थानतर्फ सर्ने निर्देशन दिएको थियो।

एजेन्सीले प्रारम्भिक रुपमा १ देखि ३ मिटर उचाइका लहरहरू आउन सक्ने चेतावनी जारी गरेको थियो। तर करिब दुई घण्टापछि सुनामी चेतावनी खारेज गरिएको छ।

द गार्डियनका अनुसार केही तटीय स्थानमा साना तरंगहरू — करिब १७ सेन्टिमिटर उचाइका लहरहरू मात्रै मापन गरिएको छ। स्थानीय अधिकारीहरूले उल्लेखनीय क्षति नभएको जनाएका छन्।

अन्तर्राष्ट्रिय प्रतिकृया र तयारी

फिलिपिन्समा भूकम्पपछि जापान, ताइवानले पनि आफ्नो तटीय क्षेत्रमा चेतावनी जारी गरेका थिए। तर ती देशहरूमा पनि ठूला लहर नदेखिएको राेयटर्सले जनाएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राहत संयन्त्रलाई तत्काल सक्रिय गर्न निर्देशन दिएका छन्। खोज तथा उद्धार टोलीहरू मिन्दानाओका प्रभावित क्षेत्रतर्फ खटाइएको छ।

रिङ अफ फायर’ भित्रको देश

फिलिपिन्स भूगर्भीय दृष्टिले ‘रिङ अफ फायर’ भनिने विश्वकै सबैभन्दा भूकम्प-संवेदनशील क्षेत्रमा पर्दछ। यहाँ सन् २०२५ को सुरुदेखि नै दर्जनौँ मध्यम तथा शक्तिशाली भूकम्प आइसकेका छन्।

केही साताअघि मात्रै दक्षिणी फिलिपिन्सकै अर्को सहरमा आएको ६.९ म्याग्निच्युडको भूकम्पमा ७४ जनाको मृत्यु भएको थियो।

भूकम्पपछि राहत तयारी

फिलिपिन्सको राष्ट्रिय आपतकालीन संयन्त्र (NDRRMC) ले मिन्दानाओ क्षेत्रका स्थानीय निकायहरूलाई राहत र उद्धार तयारी सुदृढ गर्न निर्देशन दिएको छ।

हालसम्म ठूलो सुनामी वा क्षतिका थप विवरणहरू प्राप्त नभए पनि परकम्पहरूको क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्