३० जेठ २०८३, शनिबार

चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन ललितपुरमा सुरू


अ+
अ-

ललितपुर, असोज २७ ।अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस२०२५ का अवसरमा ‘ फण्ड रेसिलेन्स, नट डिजास्टर्स” भन्ने नारासहित चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन (एनसिडिआरआर) ललितपुरको खुमलटारस्थित ईसिमोडमा सोमबारदेखि सुरु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ( एनडिआरआरएमए) ले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण मञ्च (एनपिडिआरआर) सँग सहकार्यमा सम्मेलन आयोजना गरेको हो। कार्यक्रमको सह–आयोजकमा डिपिनेट र इसिमाेड छन्।

सम्मेलनको उद्घाटन गर्दै गृह मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक रूपमा सुन्दर भए पनि विपद्को दृष्टिले अति जोखिमपूर्ण देश भएको बताए। उनले भने, “विपदलाई नीतिगत कमजोरीका रूपमा पनि हेरिनुपर्छ। सरकारकाे उच्च प्राथमिकतामा विपद् क्षेत्र परेकाे र जोखिम न्यूनीकरणका लागि पनि सकेजति प्रयास गर्याैं तर पर्याप्त चाहिँ हाेइन ।”

मन्त्री अर्यालले सेन्डाई फ्रेमवर्क कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै, विभिन्न निकायबीच सहकार्य सुदृढ बनाइएकाे बताए। उनका अनुसार, “विपद् शिक्षालाई औपचारिक र अनौपचारिक रूपमा अगाडि बढाउनुपर्छ, सरकारले मात्र गरेर सक्दैन—सबैको सहकार्य जरुरी छ।”

सम्मेलनमा स्वागत मन्तव्य दिँदै राेशनी श्रेष्ठ, सहसचिव (एनडिआरआरएमए ) ले संयुक्त राष्ट्रसंघको आव्हानअनुसार हरेक वर्ष अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको र यस वर्षको कार्यक्रम मानविय तथा भौतिक क्षति न्यूनीकरणमा केन्द्रित रहेको बताइन्।

डिपिनेट नेपालका अध्यक्ष राजु थापाले संस्थाले विपद् व्यवस्थापनमा गरेका कामको जानकारी दिँदै सम्मेलनमा सातवटा सत्र रहेकाे र २४ वटा थिमेटिक सत्र सञ्चालन हुने जनाए। उनले सम्मेलनका निष्कर्षहरूलाई पछि प्रोसिडिङका रूपमा संकलन गरिने बताए।

डिपिनेट नेपालका सल्लाहकार रामबहादुर केसीले मनसुन मोनिटरिङ रिपोर्ट प्रस्तुत गरे भने एनडिआरआरएमएका उपसचिव रामबहादुर केसीले “ विपद व्यवस्थापन: उपलब्धि, चनाैति र नेपालमा रहेका खाडल” विषयमा प्रस्तुति दिए। कार्यक्रममा थामे बाढीसम्बन्धी विशेष रिपोर्ट पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा इसिमाेडका कार्यकारी निर्देशक डा. पेमा ग्यात्सोले नेपालमा सबै खाले विपद्ले ठूलो क्षति पुर्‍याउँदै आएको स्मरण गर्दै भने, “यो दिवस औपचारिकता मात्र नभई वास्तविक व्यवस्थापनमा सार्थक बन्नुपर्छ। ” उनले इसिमाेड सधैं सरकारलाई प्राविधिक तथा ज्ञानगत सहयोग गर्न तयार रहेको बताए।

सम्मेलनमा नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोहन्स्टनको पनि सहभागिता रहेको थियो।

एनडिआरआरएमएका कार्यकारी प्रमुख ई. दिनेश भट्टले यस वर्षको नारा नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको बताए। उनले भने, “थामे, रसुवा र ट्रान्सबोर्डर बाढी घटनाले हामीलाई ठूलो पाठ दिएका छन्। बाटाेमा ढल व्यवस्थापन राम्रो नहुँदा पहिराे नियन्त्रणमा गाह्रो भयाे ।”

भट्टले माेरङमा विपद व्यवस्थापनका लागि गाेदामकाे स्थापना गरिएकोले काेशी बाढीले जलमग्न बनाए पनि स्थानीय रूपमै गाेदाम भएकाेले केन्द्र ताक्नु नपरेकाे, सहज भएकाे उल्लेख गर्दै भने, “रेजिलियन्स समुदायमै विकास गर्न सके साना घटनामा केन्द्र सरकारलाई सक्रिय हुनुपर्दैन।” उनका अनुसार, सेन्डाई फ्रेमवर्कले सन् २०३० सम्म नेपाली समुदायलाई दिगो रेजिलियन्सयुक्त बनाउने लक्ष्य लिएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नीति निर्माता, विज्ञ, विकास साझेदार, शैक्षिक क्षेत्र, नागरिक समाज तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच विपद् व्यवस्थापनका नवीन अभ्यास र अनुभव आदान–प्रदान हुनेछ।

भोलि हुने समापन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ सहभागी हुनेछन्।

आयोजकका अनुसार, सम्मेलनले नेपालले सेन्डाई फ्रेमवर्क (२०१५- २०३०) र राष्ट्रिय विपद व्यवस्थापन नीति तथा कार्ययोजना ( २०१८-२०३०) अन्तर्गत हासिल प्रगतिलाई मूल्याङ्कन गर्दै भविष्यका प्राथमिकताहरू तय गर्नेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्