८ बैशाख २०८३, मंगलबार

हेलिकप्टर उद्धार अनियमितता : सरकारको उच्चस्तरीय समीक्षा समिति गठन, दोषीलाई कारबाही गरिने


अ+
अ-

काठमाडौँ, चैत २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हिमाली तथा ट्रेकिङ क्षेत्रमा हेलिकप्टर उद्धार कार्यमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उच्चस्तरीय समीक्षा समिति गठन गरेको छ।

हालै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार तथा अनुसन्धानले अतिरञ्जित पार्ने, अनावश्यक हेलिकप्टर उद्धार गर्ने, तथा सीमित सञ्चालकबीच समन्वय गरी बढी भन्दा बढी बीमा दाबी गर्ने प्रवृत्ति औंल्याएको मन्त्रालयले जनाएको छ।

सरकारको ठहराई : ‘गम्भीर तर व्यवस्थापन गर्न सकिने समस्या’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण अचार्यद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले यसलाई गम्भीर तर व्यवस्थापन गर्न सकिने समस्या भएको ठहर गरेको छ। यी प्रकरणहरू प्रणालीगत कमजोरीभन्दा पनि केही व्यक्तिगत किसिमको गैरकानूनी क्रियाकलापको उदाहरण भएको सरकारको भनाइ छ। विज्ञप्तिमा भनिएको छ : “सरकारले यसलाई गम्भीर तर व्यवस्थापन गर्न सकिने समस्या मानेको छ, जसले प्रणालीगत विफलताभन्दा पृथक् अवस्थालाई झल्काउँदछ।”

‘विषादी मिसाएको खाना’ को आरोप अहिलेसम्म पुष्टि भएन

मन्त्रालयले केही सञ्चारमाध्यममा आएको ‘ट्रेकरलाई विषादी मिसाएको खाना खुवाइएको’ जस्ता आरोपहरूको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट पुष्टि नभएको स्पष्ट पारेको छ। मन्त्रालयले गलत सूचनाको प्रसारले नेपालको पर्यटन छविलाई अन्यायपूर्ण क्षति पुर्याउने भन्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।

उच्चस्तरीय समीक्षा समिति गठन

मन्त्रालयका सहसचिवको संयोजकत्वमा उच्चस्तरीय समीक्षा समिति गठन गरिएको छ। समितिले विद्यमान प्रक्रियाहरूको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।

तत्काल लागू हुने उपायहरू

मन्त्रालयले पारदर्शिता, जवाफदेहिता र प्रणालीगत अखण्डता सुनिश्चित गर्न शून्य सहनशीलता नीति अवलम्बन गरेर ठगीमा संलग्न पाइएका व्यक्ति तथा एजेन्सीविरुद्ध कडा अनुसन्धान, कालोसूचीकरण र सार्वजनिक गरिने, अन्तर्राष्ट्रिय बीमा प्रदायकसँग सहकार्य गरेर प्रत्यक्ष सम्पर्क गरी प्रमाणीकरण संयन्त्र विकास र विश्वसनीयता पुनर्स्थापना गरिने, संयुक्त अनुगमन टास्क फोर्स गठन गरेर मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड र उड्डयन सरोकारवालाको संयुक्त टोली गठन गरी नियमित अनुगमन र लेखापरीक्षण गरिने जनाएको छ ।

दीर्घकालीन सुधारका योजना

मन्त्रालयले मध्यम तथा दीर्घकालीन संरचनागत सुधार पनि अघि बढाउने जनाएको छ। यसअन्तर्गत प्रविधिमैत्री उद्धार व्यवस्थापन प्रणाली विकास गरी ट्रेकर दर्ता, उद्धार अनुरोध र बीमा प्रमाणीकरण एकीकृत गरिने जनाएको छ । यस्तै, गाइड तथा एजेन्सीको इजाजतपत्र बलियो बनाई अनिवार्य नैतिक अनुपालन सुनिश्चित गरिने, उच्च क्षेत्रको स्वास्थ्य निदान को मापदण्ड तय गरिने, ट्रेकिङ क्षेत्रमा स्थानीय तहको शासन सुदृढ गरिने र
नैतिक पर्यटन प्रमाणीकरण मापदण्ड प्रवद्र्धन गरिने जनाएको छ ।

अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापनाको प्रतिबद्धता

डिजिटल प्रमाणीकरण प्रणाली, कडा नियमन र अपराधीविरुद्ध कडा कारबाहीका साथ नेपालले अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापना गर्दै सुरक्षित, जिम्मेवार र विश्वस्तरीय ट्रेकिङ गन्तव्यको रूपमा आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम र सरोकारवालासँग पारदर्शी रूपमा संलग्न भई विश्वास अभिवृद्धि गर्दै नेपाललाई विश्वकै सबैभन्दा विश्वसनीय साहसिक पर्यटन गन्तव्यको रूपमा कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्