साहित्य


 

गौतम बुद्ध

सिद्धार्थले संसार नदेखुन् र गृहत्याग नगरुन भनी घरमा नै सीमित राखिएको र बाहिर घुम्न जाँदा बुद्ध, रोगी, शव र भिक्षु नदेख्ने व्यवस्था मिलाइए पनि उनले यी सबै कुरा बाहिर देखेको कुरा विभिन्न ग्रन्थ र पुस्तकमा रहेका छन् । तर लेखक यो कुरालाई स्वीकार्दैनन् । सिद्धार्थलाई घरबाहिर जान कुनै बन्देज नभएको, घरमा आमा बाबु तथा अन्य वृद्धवुद्धाहरू रहेको तथा स्वयं सिद्धार्थले चिकित्सा ज्ञान पाएका कारण रोगी भन्ने कुरासँग अपरिचित नहुने लेखकको को ठम्याई छ ।

पूरा पढ्नुहोस्
 

विद्रोह गर्दै अघि बढ्दै सुलोचना मानन्धर

आफ्नो पृष्ठभूमिका बारेमा केही बताउन आग्रह गर्दा काव्यात्मक भाषामा सुलोचना बोल्छिन्– ‘‘निभ्नै लागेको पिलपिले बत्तीको प्रकाशमा मेरो जन्म भएको थियो र मेरो जन्मपछि घरमा अन्धकार नै अन्धकारले छोप्यो ।’’

अर्थात्, काठमाडौंको झोछेँमा कुनै एक दिन उनको जन्म भएको थियो । 

पूरा पढ्नुहोस्
 

पारिजात र पारिजातका प्रेमी

लामाले दिएको ‘छेकुडोल्मा', पुरेतले जुराइदिएको ‘विष्णुकुमारी' र आफैले राखेको नाम ‘पारिजात' । पारिजात नाम विश्वभर फैलियो । यायाबर बनेर जंगल घुम्दै पोल्टाभरि फूल टिप्ने रहर पालेकी पारिजातले‘आफ्नो लागि फुल्ने र आफ्नै लागि झर्ने' तथा बोटबाट टिप्न नहुने पारिजात फूलको विशेषताबाट प्रभावित भएरै आफ्नो नाम चुनिन भने विश्व सामु चिनाउने उनको उपन्यास ‘शिरिषको फूल'को विशेषता पनि करीव करीव उस्तै छ, फूलको रस चुस्न खोज्ने भवराको समेत अन्त गरिदिने, अर्थात मात्र आफ्नै लागि फुल्ने ।

पूरा पढ्नुहोस्
 

बुद्धबारे भ्रमैभ्रम छन्

नेपालमा बौद्धहरूमा त भ्रम छैन तर अन्य धर्मावलम्बीहरूमा बुद्ध भन्नाले लुम्बिनीमा ई.पू. ५६३ मा जन्मेका गौतम बुद्धलाई मात्र बुझ्ने र बुझाउने गरिन्छ, जुन भ्रम हो । गौतम बुद्धभन्दा अगाडि अन्य २७ जना बुद्ध भइसकेका थिए । ध्यानी बुद्धहरू पनि छन् । तर सबै बुद्धको एउटै गुण हुन्छ । 

पूरा पढ्नुहोस्
 

नेपाल प्रज्ञाप्रतिष्ठानमा धर्मादित्य धर्माचार्यको चर्चा

वास्तवमा त्यहाँ नेवारभन्दा बढी गैर नेवारहरूको उपस्थिति बाक्लिनु पर्ने हो । तर त्यहाँ दुई हातमा गन्न पनि नपुग्ने संख्यामा मात्रै नयाँ अनुहारहरू देखियो । प्रमुख अतिथी सत्यमोहन जोशीले नेपाली भाषाको विकास गर्नमा वा यहाँसम्म ल्याइपु¥याउनुमा गैर नेपालीभाषीहरूको ठूलो योगदान रहेको तर नेपालीभाषी साहित्यकारहरूले यसतर्फ ध्यान नदिएको भनी तीतो यथार्थ व्यक्त गरे । 

पूरा पढ्नुहोस्
 

लुकाइने कुरा लेखिएपछि

‘‘मेरा कथा’’ अर्थात् कमला दासको कथा । कमला दास अर्थात तीसभन्दा बढी उपन्यास र तीन कविता संग्रहकी स्रष्टा । उपन्यास मलायम भाषा र कविता अंग्रेजी भाषामा लेख्छिन् तर प्रायः काम विभिन्न भाषामा अनुवाद छन् । एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।

पूरा पढ्नुहोस्
 

साहित्यमा रमाएका प्रहरी : गुप्त बहादुर श्रेष्ठ

गुप्त बहादुर श्रेष्ठको सामान्यतः देखिने व्यक्तित्व हो– नेपाल प्रहरी प्रशासनमा संलग्न एक प्रहरी, हाल सेवा निवृत्त । पुख्र्यौली पेशा स्याङ्जामा कपडाको व्यापार  भएपनि उहाँले सो व्यवसाय तीन वर्ष मात्रै सम्हालेर २०४३ सालमा असईबाट प्रहरी सेवामा लाग्नु भएका उहाँ एसपी पदमा कार्यरत् भइ आकल झुकल होइन, नियमित रूपमा नै गर्ने अर्को साधना हो– साहित्य । 

पूरा पढ्नुहोस्
 

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?

बौद्धहरूका लागि लुम्बिनी एक संवेजनीय स्थल हो । बुद्ध स्वयंले पनि यो भनेर गएका छन् । यसै भएर बौद्धहरू लुम्बिनीलाई तीर्थस्थलकै रूपमा लिन्छन् र सकभर जीवनमा एकपल्ट पुग्नै पर्ने

स्थलको रूपमा मान्यता छ । गैरबौद्धहरू पनि यसको पर्यटन गर्दछन् । यो बुद्धको जन्मस्थल त पक्कै हो, यसका अतिरिक्त यहाँ थुप्रै कुराहरू पनि हेर्न पाइन्छन् । विभिन्न समयमा भएका बौद्ध गतिविधिहरू हाल पुरातात्विक अवशेषका रूपमा रहेका छन् र यी कुराहरूकै कारण यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।

पूरा पढ्नुहोस्
 

बसन्त महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कार

लेखक एवं पत्रकार बसन्त महर्जनलाई ‘धर्मादित्य धर्माचार्य पुरस्कार’बाट सम्मानित गरिएको छ । विद्वान एवं समाजसेवी धर्मादित्य धर्माचार्यको एक सय बा¥हौं जन्मजयन्तीका अवसरमा शनिवार आयोजित एक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । 

पूरा पढ्नुहोस्
 

महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कार र लाछिलाई सम्मान

बसन्त महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कारबाट सम्मानित गरिने भएको छ

 

पूरा पढ्नुहोस्
 

धूस्वां सायमिकी दीपा

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ?

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्