पर्यटन » लेख/फीचर/समीक्षा


 

वैशाख १ गते वाग्द्वार यात्रा

एउटा धारात्यही थियो बागमतीको मुहान । अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुंगाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ । 

पूरा पढ्नुहोस्
 

न्यागःमणि हुँदै तारकेश्वरतर्फ

 पहरामा पुजिएको एउटा ढुंगा देखेर बुझ्नु प¥यो, तार्केश्वर यही हो, यही मुख्य ठाउँ । मन्दिर भनेपछि एउटा निश्चित वास्तु संरचनाको अपेक्षा हुन्छ तर यहाँ त्यस्तो केही छैन । भर्याङ नचढी सिधै जाँदा सानो ओढारमा गारो लगाएर गुफाको आकार दिइराखेको संरचना देख्न पाइन्छ । भित्र सुरुमा गणेशको मूर्ति, त्यसपछि शिबलिंग र सानासाना ढुंगाहरुलाई पूजा गरिएका छन् । 

पूरा पढ्नुहोस्
 

बोधिसत्वको मणि दानस्थल मणिचुड दह

यो बोधिसत्व राजा मणिचुडसँग सम्बन्धित बौद्ध स्थल हो । गौतम बुद्ध एउटा पूर्व जन्ममा बोधिसत्व मणिचुड थिए र बोधिचर्या गर्ने क्रममा आफ्नो शिरमा रहेका मणि नै दान गरेका थिए । ‘मणिशैलचुडावदान’ मा वर्णित दानगाथा यही ठाउँ त्यहीसँग सम्बन्धित मानिन्छ । 

पूरा पढ्नुहोस्
 

चिसा कालिञ्चोककाे तताउने उकालाे

त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो ।

पूरा पढ्नुहोस्
 

घान्द्रूकको घुमाइ

यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।

पूरा पढ्नुहोस्
 

छोएर पनि देख्न नपाएको समुद्र

उज्यालोमा निलो समुद्र हेर्न पाइएला कि भन्ने झिनो आशा थियो । तर करीव ७ बजे मात्र झिसमिसे उज्यालो हुने पाकिस्तानमा छ बजे नै मैले उज्यालोमा समुद्र देख्न चाहनु भनेको मेरो दिवास्वप्न मात्र थियो ।

पूरा पढ्नुहोस्
 

भुजुङ : गुरुङ सभ्यता र संस्कृतिको रमाइलो गाउँ

भुजुङको उत्तिखेरको कुरा गर्नेहरुले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुरहरु त्यहीं गुम्सिएर मर्थे रे । उत्तिखेरको फोहर, अव्यवस्था र अभावलाई अवको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरु र गाउँका बारेका चलेका कुराहरु अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरु भन्छन् ।  

पूरा पढ्नुहोस्
 

आहा ! रुप्से, फेरि भेटौंला !!

रुप्से कहिले आउँछ, अझ कति टाढा पर्छ भन्ने प्रश्नले ट्रकमा भएकालाई दिक्क पनि लाग्यो होला । रुप्से आउन नै लाग्यो भनेपछि अलि उत्साहित भएँ । आयो पनि । बाटो छेवैमा रहेछ, दायाँतिर । बायाँ काली गण्डकी बगिरहेकी छिन् । आफ्नो नीजि गाडीमा आएकाहरू एक छेउमा रोकेर रुप्सेलाई नियालीरहेका थिए । कोही रुप्सेलाई पृष्ठभूमि बनाएर फोटो खिचिरहेका । ट्रकको अगाडि बसेर गएका कारण रुप्सेलाई सम्पूर्ण रुपमा देख्न पनि पाएका थिएनौं ।

पूरा पढ्नुहोस्
 

सराङकोटमा सूर्योदय

कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । 

पूरा पढ्नुहोस्
 

पर्यटन विकासमा लुम्बिनी र भ्रम

लुम्बिनीलाई ऐतिहासिक एवं पुरातात्विक स्थलका रूपमा मात्र सीमित नराखी विश्व वजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोचाइ बनाएपछि थुप्रै कुराहरूमा ध्यान दिनुपर्ने, पुर्‍याउनु पर्ने हुन्छ । पुरातत्व र पर्यटन दर्ुइ अति नै सम्वेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन् जसमाथि लामो बहस चलाउन सकिन्छ ।

पूरा पढ्नुहोस्
 

पर्यटक भरिया : कठिन जिन्दगी

संवेदनाहीन पर्यटन व्यवसायी, भरियाहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र सरकारी नीति विहीनताका कारण ५० हजार भन्दाबढी पर्यटक भरियाहरूको जीवन कष्टप्रद छ । पर्यटन प्रवर्धनको नारा दिनेहरू के भन्छन् भने भरियामाथि हुने गरेका अन्यायहरू बाहिर ल्याउनु हुँदैन । यो प्रचारमा आयो भने यसै त शिथिल पर्यटन व्यवसाय मन्दीले छोपिनेछ । 

पूरा पढ्नुहोस्
 

विकृति रोक्न रोदी रोक्यो, ग्रामिण पर्यटन रोक्न नपरोस्

‘हाम्रा जिजुबाजेहरूले जुन कुराका लागि रोदी चलाएको हो, त्यही अनुसार चल्न छाड्यो । धेरै खर्चिलो भयो र हाम्रा केटाकेटीहरू बिग्रिन थाल्यो । रातरातभर रोदी चल्ने हुँदा स्कूलमा उनीहरूको पढाई बिग्रियो र हामी पछि पर्ने भयौं भनी मेरै अग्रसरतामा अरु गाउँहरूलाई पनि सम्झाईबुझाई रोदीहरू बन्द गराएको हुँ।’’

पूरा पढ्नुहोस्
 

वनारस घुमेर

सारनाथ म्यूजियमको घुमाइले धीत मरेकै थिएन, समय तालिकाअनुसार हिड्नु पर्दा मन नलागी नलागी निस्कनु प-यो । थकथक लागि रहेको थियो । म्यूजियमको त्यो घुमाई न पहिलो पल्ट हो न त अन्तिम नै बन्ने वाला छ । सारनाथ म्यूजियमबाट बाहिरिनुको कारण थियो, त्यसपछि वनारस सयर गर्ने योजना । वनारस पनि मेरो पहिलो होइन, पहिला पनि मज्जाले घुमिसकेको, घर आगनमा जस्तै । तर पनि किन किन वनारस भनेपछि नजानिंदो पाराले पुलकित हुन्छु, मलाई असाध्यै मन पर्छ । 

पूरा पढ्नुहोस्
 

सैलुङमा घुमघाम

साना साना सयवटा डाँडाहरूको समूह एकै ठाउँमा हुनु उल्लेखनीय नहोला तर ती डाँडाहरूको प्राकृतिक सौन्दर्यताले भने यसलाई उल्लेख नगरी नहुने बनाइदिएको छ । प्राकृतिक रूपमा विछट्टै राम्रो, मनमोहक र चित्ताकर्षक यी डाँडाहरूको समूहले एउटै नाम पाएको छ– सैलुङ ।

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्