संस्कृति


 

नेवार महिला कहिल्यै विधवा हुन्नन्

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा ।

पूरा पढ्नुहोस्
 

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन ।

पूरा पढ्नुहोस्
 

नेपालका लागि इस्वी संवत्

नेपालमा दैनिक प्रयोजनका लागि कुन संवत् उपयुक्त होला ? यस प्रश्नको उत्तरमा नेपालसंवत् र विक्रमसंवतका पक्षधरबीच लामो समयदेखि विवाद चल्दै आएको छ । कुनै पनि संवतको प्रयोगका लागि भनेर यति लामो विवाद चलेको सम्भवतः संसारमा कहीँ पनि पाइँदैन । 

पूरा पढ्नुहोस्
 

दिपंखा यात्रा

दिपंखा यात्रा सौर्यमास  संक्रान्ति, चन्द्रमास पूर्णिमा, रेवती नक्षत्र, हर्षन योग र चन्द्र ग्रहण यी पाँच कुराको संयोगका अवसरमा सम्पन्न गरिन्छ । 

पूरा पढ्नुहोस्
 

हनुमानढोकाको दशैं

राति हातमा खड्ग बोकेका मानिसहरू हनुमानढोकाको सिंहढोकाबाट कहीँमारकाट गर्न निस्केझैँलहरै निस्कँदा अचम्मित नहुने को होला रु त्यो पनि पूरै देश दशैंको वातावरणमा चुर्लुम्म डुबेको बेला । स्थानीय भाषामा ‘पायाः’ भनिने र खड्गसिद्धिको रूपमा चिनिएको यो हनुमानढोका दरबारमा मनाइने दशैंको विशेष झलक हो ।

पूरा पढ्नुहोस्
 

नेपालसंवत नेवार जातिको मात्रै संवत होइन

नेपालसंवत नेवार जातिको मात्रै संवत होइन । यो संवत नेपालको ऐतिहासिक संवत हो । यो कुरामा कसैलाई भ्रम नहोस् । चासो र सरोकार नेवार जातिले राखी यो संवतलार्ई अगाडि ल्याउने पाइला लोकतान्त्रिक आन्दोलनको नै एक रुवरुप हो । यो आन्दोलनलाई निरन्तर रुपले अगाडि लानु पर्दछ  अनि मात्रै यो सम्बत वास्तविक रुपले जनस्तरसम्म व्याप्त भई सबै प्रकारको भ्रम अन्त्य हुन्छ । 

पूरा पढ्नुहोस्
 

बुद्ध धर्ममा मदिरापानको अर्थ

आफ्नो पहिचान बौद्धको रुपमा गराउने व्यक्तिले न्यूनतम बौद्ध आचरण त पालना गर्नै पर्छ । बौद्धहरुको जीवन चर्या वा जीवन शैली कस्तो हुन्छ भन्ने प्रश्न इतर बौद्ध समाजमा स्वाभाविक रुपमा उठ्ने गर्छ र एउटा सच्चा बौद्धले ती प्रश्नहरुको जवाफ दैनिक जीवन शैलीबाट नै दिनु पर्छ । 

पूरा पढ्नुहोस्
 

यँयाः अर्थात् इन्द्र जात्रा

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष विशेष तामझामका साथ मनाइने जात्रापर्वहरुमा एक येयाः पनि हो । यँयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ तर यो जात्रासँग सम्वन्धित काठमाडौंका नेवारहरु बोलिचालीको भाषामा यँयाः नै भन्ने गर्दछन् । यस अवसरमा काठमाडौं हनुमानढोका वरिपरि विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहको हुन्छ ।

पूरा पढ्नुहोस्
 

संस्कृतिमा मदिराको भ्रम

 

संस्कृतिका नाममा इन्द्रजात्रालगायत अन्य पर्वमा राज्यले नै मदिराको प्रयोग प्रसादको रुपमा छेलोखेलो गर्ने गर्दछ, जसले राज्य आफ्नै संस्कृति मात्रै नबुझ्ने भनेर त स्पष्ट नै भयो साथसाथै जनताको स्वास्थ्यमा पनि सम्वेदनशील छैन भन्ने कुरा देखाउँछ । 

पूरा पढ्नुहोस्
 

चथाः - नेवार समाजमा प्रचलित महत्वपूर्ण चाड

 

 

यो चाड राम्ररी मनाउन सके दशैं पनि राम्रो गरी मनाउन पाउने जनविश्वास रहेको हुनाले यसलाई सकभर राम्ररी मनाउने गरिन्छ । गुँला सकिएको चौथो दिनमा अर्थात चौथिको दिनमा यो चाड मनाइन्छ ।

पूरा पढ्नुहोस्
 

तीजमा नाचगान

 

तीजमा तीज पर्व व्रतसँग सम्वनिधत भएपनि अचेल नेपाली समाजमा यो व्रतभन्दा नाचगानका रुपमा चिनिन पुगेको छ ।

पूरा पढ्नुहोस्
 

तीजमा पुरुष



पुरुषहरुका लागि यो पर्व व्रतका लागि नभएर व्रत बस्ने महिला हेर्ने र ती महिलाहरुसँगको नाचगानमा लहसिनेमा नै सीमित रहेको पाइन्छ

पूरा पढ्नुहोस्
 

तीजको रहर आयो बरि लै

 

नेपालमा मनाइने प्रमुख चाडहरूमध्ये हरितालिका तीज पनि एक हो । यो पर्व भाद्र शुक्लपक्षको तृतीयाको दिनमामनाइन्छ । भाद्रपक्षको चतुर्थीलाई गणेश चतुर्थीको रुपमा मनाइन्छ भने त्यसलगत्तै आउने पञ्चमीलाई ऋषिपञ्चमीको रूपमा हिन्दु महिलाहरू्द्वारा विशेष उल्लासका साथमनाइन्छ । 

पूरा पढ्नुहोस्
 

गुँपुन्हि : नेवार समाजमा प्रचलित एक चाड

 

नेवार समाजमा प्रचलित अनेकों संस्कृतिहरुमध्ये एक गुँ पुन्हि (क्वाति पुन्हि) श्रावण महिनाकोे जनै पूर्णिमाको दिन मनाइन्छ । यो चाड नौ दिनसम्म मनाइने भएको हुनाले यसलाई नेपाल भाषामा गुँ पुन्हि भनिएका हो । गुँ को अर्थ नेपाल भाषामा नौ हुन्छ । यस्तै गरी नौ थरी गेडागुडी भिजाएर यसको तातो रस खाने दिन भएकोले पनि यस पर्वलाई क्वाति पुन्हि पनि भनिएको हो । 

पूरा पढ्नुहोस्
 

नेवार समाजमा प्रचलित गथांमुगः चाड

भाद्र कृष्ण चतुर्दशीको दिन मनाउने गथां मुगः चाडलाई पिशाच चतुर्दर्शी  पनि भनिन्छ । चाडहरूको शुरुवातमा मनाइने चाड भएको हुनाले यस चाडलाई काय् मचा नखः (छोराको चाड) पनि भन्ने गरिन्छ ।

पूरा पढ्नुहोस्
 

सुख दुःखको के कुरा गर्नु ‘जंक्व’ नै भएन

जंक्व किन नभएको त ? प्रश्न खस्न नपाउँदै चाउरी परेको अनुहार अझ खुम्चाउँदै र हात पनि पल्टाउँदै सुस्केरा हाल्ने सूरमा भन्छन्– ‘खोई कल्ले गर्दिने ?’

 

पूरा पढ्नुहोस्
 

बौद्ध समाजमा माछामासु : कति उचित र कति अनुचित

बौद्ध हुनु र नहुनु अथवा को कति स्तरको बौद्ध भनेर जोख्ने मापदण्ड नै माछामासु खानु र नखानुसँग सम्वन्धित गरेर हेरेको पाइन्छ । तर बौद्धहरूले दैनिक जीवनमा पालना गर्नु पर्ने आधारभूत पाँच वटा शीलमा माछामासु खानु हुन्छ वा खानु हुन्न भन्ने कुरा उल्लेख छैन । बरु प्राणी हिंसा गर्दिन वा गर्नु हुन्न भन्ने कुरा परेको छ ।

पूरा पढ्नुहोस्
 

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

अधिकांश मन्दिरमा पूजा गर्न आउनेहरुको भीडमा महिला वर्गको वर्चश्व हुन्छ तर त्यहाँ पुजारी भने महिला हुँदैनन् । जहाँ पनि यस्तै दृष्यहरु देखिएपछि पुजारीको रुपमा महिला वर्र्जित वर्ग प्रतीत हुन्छ । तर सम्वन्धित धर्मको मर्ममा लैंगिक विभेद त्याज्य देखिन्छ । आफूलाई धर्माधिकारी भनाउन चाहनेहरु पुजारीमा पुरुष मात्रै किन भन्ने प्रश्नसम्म पनि गर्दैनन् । 

पूरा पढ्नुहोस्
 

तिरुपती बालाजी सबभन्दा धनी तीर्थ

 भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिरमा यस वर्ष भक्तजनले चढाएको ६४ हजार ७ सय ६० किलोग्राम कपाल १ सय ७ करोड रुपैयाँमा निलामी भएको छ । तिरुपतीको इतिहासमा यो दोस्रो सबभन्दा ठूलो निलामी हो ।

पूरा पढ्नुहोस्
 

धार्मिक स्नान

कुन्डमा स्नान गरेर पुण्य कमाइने विश्वास

पूरा पढ्नुहोस्
 

ज्यापु शब्दको अर्थ र ऐतिहासिकता

नेवार समुदायभित्रका अनेक जातीय समूहहरुमा ज्यापू पनि एक हो । संख्यात्मक र गुणात्मक रूपमा यस जातिको अहं महत्व भएको कुरामा दुई मत नहोला । सामाजिक थिचोमिचो, आर्थिक तथा चेतनाको अभावका कारण तुलनात्मक रूपमा अन्यभन्दा पीछडिनु परेको यस जातिलाई कुनै बेला हेयदृष्टिले हेरिन्थ्यो । तर समाजका विशिष्ट व्यक्तित्वहरूले आफ्नो नामसँगै यो शब्द झुण्ड्याउन थाले पछि र ०४६ सालको राजनीतिक परिवर्तन पछिका संघसंस्थाहरुले यस शब्दको सर्वत्र प्रयोग गर्नाले बल्ल ‘ज्यापू’ शब्दले व्यापकता पाउनुका साथै लोकप्रियता पनि कमाएको देखिन्छ ।

पूरा पढ्नुहोस्
 

तिजी

मुस्ताङमा प्रत्येक वर्ष मनाइने तिजी पर्वको आफ्नै महत्व रहेको छ । 

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्