समाज » व्यक्तित्व


 

क्यान्सरविरुद्ध डा. मदन पिया


अमिका राजथला
July 26, 2013, Friday

डा. मदन पियालाई आफू छाति रोग विशेषज्ञमात्र हुँदा क्यान्सर विरामीप्रति झर्को लाग्दथ्यो  तर अहिले उहाँ झर्को होइन यिनै विरामीहरूको उपचारमा दिन विताउनुहुन्छ । क्यान्सर रोगीहरूमै केन्द्रित हुँदा हुँदै उहाँ अहिले नेशनल क्यासर हस्पिटलको अध्यक्ष तथा निर्देशक हुनुहुन्छ । 

आमा चमेली पियाको पनि क्यान्सर रोगबाट मृत्यु भएपछि डा। पियाले यस क्षेत्रमा अझै आफूले गर्न सक्ने काम गर्दै आएको बताउनुहुन्छ । उहाँले आमाको सम्झनामा बीर अस्पतालमा २० वेडको क्यान्सर वार्डको लागि सहयोग गनुभएको थियो भने गत वर्ष तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने गरी ‘चमेली पिया अंकोलोजी वार्ड’को स्थापना गराउनु भयो । 

उपचारका क्रममा छाति रोगसम्बन्धी नयाँ नयाँ कुरा पत्ता लाग्दै जाने क्रमसँग उहाँले सन् १९९०मा अमेरिकाको कोलोराडोमा अध्ययनका लागि क्यान्सर फेलोसिप प्राप्त गर्नुभयो, उपचारमा पनि संलग्न हुन थाल्नुभयो । पछि नेपाल क्यान्सर सोसाइटीमा सम्वद्ध हुन पुग्नु भयो । यसै क्रममा सार्क फेडेरेशन अफ अंकोलोजी ९क्यान्सर विषयसम्बन्धी०, सार्क फेडेरेशन अफ अंकोलोजिष्ट, नेपाल जस्ता संस्थाको संस्थापक अध्यक्ष बन्नभयो भने अहिले उहाँ उल्लेखित संस्थाको संरक्षक हुनुुहुन्छ । डा। पियाको आंकलनमा ‘नेपालमा महिला स्तन क्यानसरका रोगी नेपालमा दोश्रो तेस्रो स्थानमा आउँछ भने क्यान्सरका अधिकांश विरामीले विदेश नै जानु पर्ने वाध्यता टरेको छ ।’ 

प्राइभेट सेक्टरबाट पहिलो क्यान्सर अस्पताल बनेको नेशनल क्यान्सर हस्पिटलमा अहिले रेडियोथेरापीको सेवा भने उपलव्ध छैन । तर अस्पतालले यसको लागि बीर अस्पतालसँग सहकार्य गरेको छ । डा। पिया आशा व्यक्त गर्नुहुन्छ, ‘दुई तीन वर्षमा त हाम्रै अस्पतालमा उपलव्ध होला ।’

वर्षौदेखि विरामीको उपचारमा लाग्नुभएका डा। पिया नेवार समुदायको विरामीलाई नेपाल भाषामै बोल्दा विरामीले सहज रुपमा आफ्नो रोग बताउने गरेको अनुभव व्यक्त गर्नुहुन्छ । बन्दिपुरबाट अध्ययन तथा कामका लागि काठमाडौं आउँदा करीव करीव नेपाल भाषा बोल्न छोडिसक्नुभएका डा।ले पाटन अस्पतालमा काम गर्ने क्रममा स्थानीय विरामीको उपचार गर्ने क्रममा फेरि बोल्न थाल्नु भयो । उहाँ काठमाडौ बाहिरका अधिकांश नेवारहरूले नेपाल भाषा बोल्न छोड्नुको तीतो अनुभव बताउनुहुन्छ– काठमाडौंको जस्तै नेपाल भाषा नबोल्दा यहाँ पाखे, गाउँले भनिन्छ, भाषिका अर्को हुनसक्छ भन्ने कुरा यहाँकाले नबुझ्दा भाषा नै संकटमा परेको छ । यहाँको हेपाहा प्रवृत्तिले म शुरुमा हतोत्साहित भएँ तर विरामीहरूसँग थोरै बोल्दा पनि रोग पत्ता लगाउन सजिलो भएपछि नेपाल भाषा फेरि बोल्न थालें । विरामीसँग नेपाल भाषा बोलेपछि उनीहरूमा पनि डाक्टरप्रति विश्वास जाग्दो रहेछ, भाषाले धेरै नजिक्याउँदो रहेछ ।’ 

यद्यपि उहाँ आफ्नो परिवारमा भने नेपाल भाषा प्रयोग नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो श्रीमती काठमाडौंको नेवार म बन्दिपरको । हाम्रो भाषिका नमिल्दा हामी नेपाली भाषा बोल्छौं, छोराछोरी त झन नेपाल भाषा बोल्दै बोल्दैनन् । उनीहरूसँग प्रत्यक्ष नेपाल भाषा बोल्दा हामीले कहिल्यै बोलेनौं ।’

चिकित्सक भएर पनि आफ्नो भाषा, संस्कृति, आफ्नो जन्मस्थानलाई माया गर्ने व्यक्तिमध्येमा पर्नुहुन्छ, डा पिया ।  यही आफ्नो रुचान अनुसार उहाँले बन्दिपुर चिनाउने प्रयास स्वरुप ‘भिजिट नेपाल १९९८’पछि बन्दिपुर महोत्सवको संयोजन गर्नुभयो । उहाँ खुशी व्यक्त गर्नुहुन्छ, ‘त्यसपछि त धेरै मानिसले बन्दिपुरलाई फेरि चिने । राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा बन्दिपुरको छवि राम्रो भयो ।’ आफ्नो ठाउँलाई चिनाउनुपर्छ भन्दै पटक पटक भएका बन्दिपुर महोत्सवमा प्रत्यक्ष संलग्न डा। पिया महोत्सवका लागि सहयोग गर्ने अहिलेका उद्योग सचिव शंकर कोइराला, दीपेन्द्रपुरुष ढकाललाई विर्सन सक्नुहुन्न । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्