साहित्य » व्यक्तित्व


 

साहित्यमा रमाएका प्रहरी : गुप्त बहादुर श्रेष्ठ


नेवाः टाइम्स
July 25, 2013, Thursday

गुप्त बहादुर श्रेष्ठको सामान्यतः देखिने व्यक्तित्व होनेपाल प्रहरी प्रशासनमा संलग्न एक प्रहरी । पुख्र्यौली पेशा स्याङ्जामा कपडाको व्यापार  भएपनि उहाँले सो व्यवसाय तीन वर्ष मात्रै सम्हालेर भाईको जिम्मा लगाएर शिक्षण पेशातिर लाग्नु भएको थियो । काठमाडौं छिरेर पनि शिक्षक नै हुनु भएको थियो । २०४३ सालमा असईबाट प्रहरी सेवामा लाग्नु भएका उहाँ हाल एसपी पदमा कार्यरत् भइ आकल झुकल होइन, नियमित रूपमा नै गर्ने अर्को साधना हो– साहित्य । यो साहित्यप्रतिको लगाव नै गुप्त बहादुरलाई अर्को पहिचान दिलाउने पाटो बनेको छ ।  

२०३४ सालतिर स्याङ्जामा आफूले पढेकै स्कूलमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा उहाँ पुरस्कृत हुनु भएको थियो । पुरस्कारमा प्राप्त पुस्तक झ्यालबाटपढ्ने क्रममा साहित्यतर्फ आकर्षित हुनुभयो । एकपछि अर्को पढ्दै जाँदा पढ्ने क्रमले वेग नै लियो । डायमण्ड शम्शेर, पुष्कर शम्शेर, बाकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता दिग्गज लेखकहरूका कृतिहरू मात्रै पढेनन् आफूले पनि लेख्न अभ्यास गर्नुभयो । 

स्प्रहरी जनसम्पर्क शाखाद्वारा प्रकाशित द्वैमासिक प्रहरीमा उहाँको पहिलो लेख प्रहरी अनुशासन सम्बन्धी प्रकाशित भयो । त्यसपछि इलाहावादको भ्रमणमा देखेभोगेका कुराहरू समेटेर यात्रा निवन्ध लेख्नु भयो । पाण्डाहरूले लुट्ने तरीका र मन्दिर प्रवेशमा शुल्क तिर्नुपर्नेए कुराले उहाँलाई अचम्मै पा¥यो । त्यसपछि काठमाडौंदेखि इलाहावादसम्म लेखेर प्रकाशित गर्नुभयो । उहाँको लेखन शैलीलाई सबैले प्रशंसा गरेपछि लेखन कार्यमा पनि तिव्रता आउन थाल्यो । हालसम्म सत्तरी अस्सी वटा व्यावसायिक विषयवस्तुमा लेख लेखिसक्नुभयो भने कथा, कविता, गजल, मुक्तकहरू पनि उत्तिकै मात्रामा लेख्नुभएको छ । आफ्नो पाँच वटा र अरुद्वारा रचित पाँच वटा भजन समेटेर समर्पणअडियो भजन निकालिसक्नु भएको छ भने अब पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ । 

प्रहरी प्रशासन कडा क्षेत्र भएपनि रसिक साहित्यमा उहाँको मन हरेक पल रमिरहेको हुन्छ । कुनै आपारिधक घटनाको अनुसन्धानमा जाँदा होस् या कुनै  काममै रहँदा पनि उहाँको दिमागमा साहित्यिक रचनाको लागि प्लट बन्दै गरेको हुन्छ । कार्यक्षेत्रमै रहँदा बस्दा पनि साहित्यिक जमघट उहाँको लागि सबैभन्दा रमाइलो क्षण हुने गर्दछ । आफू युनिट इन्चार्ज भएर गएको ठाउँमा उहाँ गीत, संगीतको प्रतियोगिता नै गर्नुहुन्छ । प्रहरीलाई जनतासँग भिजेर काम गर्नु पर्ने र साहित्य संगीत जस्तो विधाले मद्दत गर्ने अनुमान उहाँको छ । 

पुलिस क्लबमा कला, संगीत र खेलकूदको युनिट छ तर साहित्यको छैन । गुप्तबहादुर श्रेष्ठका अनुसार साहित्यलाई पनि ठाउँ दिनुपर्छ र अलग्गै युनिट बनाउँदा यसले सकारात्मक प्रभाव पार्छ । लेखन तथा साहित्य साधनामा लागेका प्रहरी नेतृत्व तहमा नपुगेका कारण यतातिर ध्यान नगएको उहाँको ठम्याई छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्