समाज » लेख/फीचर/समीक्षा


 

सडक बालिकाहरु आफ्नै साथीको यौनशोषणमा


संजय सिंह
September 18, 2020, Friday

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको राम मन्दिर (आर्यघाट पारी) भन्दा बायाँ जंगल छेउमा रहेका साना साना मन्दिरहरुमध्ये एउटामा एक झिसमिसे बिहान धेरैको आँखा सोझिएको थियो । त्यति बेला त्यहाँ पाँच छ जना सडक बालकहरु र तीन चार जना वयष्क बटुवाहरु थिए । एक जना वयष्क भने मुर्मुरेर त्यतातिर लम्कँदै आइरहेका थिए । ती वयष्कका साथमा रहेको बालकले ‘ऊ त्यहीं हो’ भनेर देखायो । 

मुर्मुरेर आउने वयष्क मान्छे मन्दिरसम्म पुग्नु अगावै त्यहाब्ााँट दश बा¥ह वर्षकी एउटी बालिका फुत्त निस्केर माथि जंगलतिर कुलेलम ठोकेर बेपत्ता भइन् । केही बेरपछि जीउ कन्याउँदै र ढिठ हुँदै र हाँस्दै ते¥ह चौध वर्ष उमेरको अर्को बालक निस्क्यो । यी दुई बालबालिका त्यही मन्दिरमा सुतेको र ‘फोहर काम’ पनि गरेको भनाई ती सडक बालकहरुको थियो । उनीहरुका अनुसार ती दुई गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन् स् । 

मुर्मुरेर आउने वयष्क पुरुषले त्यो बालकलाई कुटौंला जस्तो गरी झपारे पनि गर्न चाहीं केही पनि गरेनन् । बरु बालिकालाई समात्न सकेको भए कुट्ने, समातेर लग्ने अथावा केही दण्ड दिने हो कि भन्ने अनुमान हुन्थ्यो । घटना एउटै भएपनि बालिका भाग्नु पर्ने तर बालक भने ढिठ मारेर बस्न सक्ने दृष्टान्तले बुझाउने एउटै कुरा हो– सडक बालबालिकामा पनि लैंगिक विभेद रहेछ । 

काठमाडौंका विभिन्न ठाउँहरुलाई सडक बालबालिकाले आफ्नो अखडा बनाएको पाइन्छ । यी सडक बालबालिकाहरु गाउँमा खान बस्नको समस्या भएर काठमाडौं पस्ने र सडक बालकबालिकाहरुको झुन्डमा मिसिने मात्रै नभएर स्कूल पढ्न तथा घरको नियन्त्रणबाट उम्कन पनि भाग्ने गर्दछन् । राम्रो बन्दोबस्त भएपनि अनुशासनमा बस्न नचाहेर बालबालिका भागेर आई सडक जीवन बिताउनेहरु पनि नपाइने होइन । 

पशुपति मन्दिर क्षेत्रका सडक बालबालिकाहरुले बताएअनुसार संङ्ख्यामा कम भए पनि बालिकाहरु पनि हुने गर्दछन् । बालिकाहरु पनि कोही नभएर आफूहरुजस्तै त्यहाँ मिसिन आउने हुन् । बालिकाहरु समुहमा मिसिन आयो भने तिनको संरक्षण गर्ने जिम्मा कुनै एक बालकले गर्ने जिम्मा लिन्छन् र त्यसको बदलामा उसले भनेबमोजिम बालिका बस्नु पर्दछ । यसरी भने बमोजिम बस्नु भनेको रातिसँगै सुत्ने र उसको प्रभुत्वमा रहने हो । यदि पछि कुरा मिलेन र मन परेन भने त्यो बालकलाई छाडेर अरुसँग पनि लाग्न सक्छ वा बालक आफैले पनि अरु बालकको जिम्मामा दिन सक्छ । यो कुराले सडक बालिकाहरु सडक बालकहरुबाटै यौन शोषित भइरहेका छन् भन्ने पनि प्रष्ट हुन्छ । केन्द्रिय बालकल्याण समितिले २०६५मा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनअनुसार सडक जीवत विताउने ९५ प्रतिशत बालक छन् भने ५ प्रतिशत बालिका छन् 

बालबालिका सम्वन्धी ऐन २०४८ ले विस्थापित एवं जोखिममा परेका सडक बालबालिकालार्य सुनिश्चित भविष्यको लागि राज्यबाट विशेष सुविधा पाउने हक सुरक्षित गरिएको छ (धारा २२) । त्यसरी वेवारिस अवस्थामा भेटिएका बालबालिकालाई बालकल्याण गृहमा राख्नुपर्ने कुरा पनि सोही ऐनमा उल्लेख छ तर काठमाडौंका विभिन्न क्षेत्रहरुमा भेटिने सडक बालबालिकालाहरुलाई उक्त ऐनअनुसारको हक उपभोग गर्न पाएका छैनन् । 

मुलुकी ऐन २०२० अनुसार १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मंजुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्छ । यसरी कसूर भएमा दश वर्षदेखि पन्द्रह वर्षसम्म कैद सजाँय हुने प्रावधान छ । दशदेखि माथि चौध  वर्षसम्मको बालिकालाई करणी गरेमा आठदेखि बा¥ह वर्ष र १४ देखि माथि १६ वर्षसम्मकी बालिका भए ६ देखि १२ वर्षसम्म कैद सजाँय हुने पनि मुलुकी ऐनमा उल्लेख छ । 

सडक बालिकाहरु सानै उमेरदेखि अन्य सडक बालकहरुसँग घुलमिल हुने र सँगै सुत्ने गर्दै हुर्कने हुँदा उनीहरु पछि स्वभावतः यौन व्यवसायमा नै लाग्ने गरेको पाइन्छ । सडक जीवन गुजार्ने क्रममा हुने यौनसंसर्ग, लागूपदार्थको सेवनजस्ता कुराले उनीहरू एचआईभी एड्सको जोखिममा पनि त्यत्तिकै हुन्छन् ।  पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिने सडक बालकालिका हुन् वा अन्यत्र, तिनीहरुको समस्या भनेको राष्ट्रका लागि तत्कालिक मात्र नभएर दीर्घकालिक नै हो । सडक बालबालिकामा पाइने क्रियाकलापको सानो दोषले पनि अन्ततः विकराल समस्या निम्त्याउन संभावना प्रशस्त मात्रामा पाइन्छ । तसर्थ सामाजिक सुरक्षालाई ध्यान दिँदा सडक बालबालिका र त्यसमा पनि विशेष गरी बालिकाहरुको सुरक्षामा ध्यान दिनु नितान्त आवश्यक छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्