समाज » लेख/फीचर/समीक्षा


 

माल्दिभ्सको रोजगारीमा रमाइलो


अमिका राजथला
August 16, 2020, Sunday

 माल्दिभ्सको एक उद्योगमा दुई वर्षकाम गरेर फर्किएकी प्रतिमा आफैले पसल संचालन गरेर परिवारको सहारा बन्न सकेकोमा गौरव गर्छिन् काठमाडौं घर भएर पनि यहाँ राम्रो व्यवसाय तथा आय आर्जन गर्न नसकिएपछि विदेश पसेकी प्रतिमाले यतिखेर केक पसल संचालन गरेर राम्रो आय आर्जन मात्र गरिरहेकी छैनन्, पसलमा आफ्ना भाई बहिनीलाई समेत व्यस्त हुने अवसर दिलाएकी छिन् 'क्यानरी वर्कर'को रुपमा माल्दिभ्समा काम गर्ने क्रममा उनले मात्र कामको लागि काम गरे पनि अहिले उनी आफ्नो कामबाट निकै सन्तुष्ट छिन् 'छोरा जस्तै' हुन सकेकोमा गौरब गर्छिन्

यस्तै अमी रुपा खड्गी दिदी बहिनीले कस्सिएर दुई वर्षकाम गरी पैसा कमाए यहाँ फर्किएपछि दुवै मिलेर सतुंगल, काठमाडौंमा एउटा घर भाडामा लिएर कुखुरा पालन गरेर बसेका छन् करीव छसय वटा कुखुराबाट काम थालेर अब भने विदेशमा जस्तै पैसा कमाउन थालेका दिदी बहिनीलाई फेरि विदेश जान् आवश्यक महसूस हुँदैन  

प्रतिमा, अमी, रुपाको कथनमा यदि उनीहरु विदेश गएर कमाएर नल्याएको भए आजको अवस्थामा कहिल्यै आउन सक्दैनथे कामको लागि अरुलाई गुहार्न परेन,आफ्नो कामको लागि आफै मालिक बन्न सक्षम हुनु नै उनीहरुको आत्मसन्तुष्टिको विषय बनेको

सामान्य लेखपढ गर्न जान्ने प्रतिमाले स्वदेशमा बस्ने क्रममा महिलालाई जुनसुकै काम गर्न खोन्दा परिवार, प्रशासनबाट हतोत्साहित गर्ने प्रवृत्ति देख्दै आए पनि विदेशमा भने त्यस्तो कुनै समस्या भोग्न नपरेको बताईन काम गर्ने क्रममा बस्न, खानको लागि होस्टलको व्यवस्था गरिएको कारण आफूले काममा पूरा ध्यान दिन पाउने छँदै थियो, मजबुत सुरक्षा व्यस्थाको कारण उनले सुन्दै आएका कुनै किसिमको अप्रिय घटना भएको उनले थाहासम्म पनि पाइनन् ।प्रतिमाका अनुसार उद्योग परिसरभित्र स्वदेशबाट आएका तथा चिरपरिचित व्यक्तिहरुलाई समेत भेट्ने दिईदैनथियो, जुन बैदेशिक रोजगारीमा गएका महिलाहरुको लागि अपनाइने राम्रो सुरक्षा व्यवस्थाको रुपमा उनी लिन्छिन्

मिफ्को कम्पनीको फेलिभरो टुना प्रोसेसिङ् प्लाण्टमा (माछा कारखाना) काम गर्न उनीलगायत नेपालबाट ३९ जना महिलाहरु पुगेका थिए उनीहरुले कम्पनीमा महिला पुरुषलाई समान दृष्टिकोणले हेर्ने गरिएको तथा पदीय रुपमा गरिने व्यवहारमा पनि विभेद नभएको महसुस पनि गरे बैदेशिक रोजगारीको लागि माल्दिभ्स गएका आधाभन्दा बढी नेपाली महिलाहरु एउटै टोलका दौंतरीहरु नै भएका कारण उनीहरुले विदेशमा भोग्नु पर्ने एक्लोपनाको महसुस पनि गर्नुपरेन प्रतिमा भन्छिन्- 'क्यान्टिनमा दैनिक स्थानीय खाना पाकेपनि विदाको दिनमा हामी मिलेर नेपाली मेसकै खाना पकाउँथ्यौ बेलाबेलामा अर्कै टापुमा पिकनिक जान्थ्यौं, रमाइलो हुन्थ्यो '

लाम्पाटीमा बस्दै आएकी बन्दना महर्जनले पनि माल्दिभ्सको एक कम्पनीमा केही वर्षकाम गरिन् अहिले उनी आफ्नै गाउँ ठाउँ फर्किएकी छिन् तर आफ्नो गाउँ ठाउँमा केही गर्ने वातावरण नदेखेपछि फेरि काम गर्न विदेशिने सुरमा छिन् हुन उनलाई त्यहाँ काम गर्न त्यति सजिलो छैन कामको बोझ छँदैछ, उनलाई जिम्मा लगाईएको काम शुरु गर्न थालेदेखि नै हातमा 'एलर्जी' भएर घाउ देखिन थाल्छन् वातावरणीय असन्तुलनका कारण देखिएको उनको घाउ नेपाल फर्किए पछि आफै निको भएको थियो भने उनी फेरि माल्दिभ्स जाने निर्णय ती घाउ फेरि बल्झिने निश्चित भएको

देशको आर्थिक गतिविधिलाई मजबुत तुल्याउने उद्योग व्यवसाय बन्द हुँदै जानु, व्यापार लगायत विभिन्न क्षेत्रहरुमा देखिएको नकारात्मक स्थितिले देशका युवाहरुको भविष्यप्रतिको आशा भनेकै बैदेशिक रोजगार बनेको त्यसमाथि पनि देशमा विकसित हुन थालेको राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव जस्ता समस्याले  देशका युवाहरुले आफ्नो भविष्यको गन्तव्य नै विदेशलाई बनाएको पाइन्छ  

स्वदेशमा बसेर कुनै आर्थिक क्रियाकलापलाई विकसित तुल्याउन नसक्दा तथा त्यसबाट आफूले खासै फाइदा प्राप्त गर्न नसक्दा न्युन आय भएका युवायुवतीको लागि वैदेशिक रोजगार नै एउटै मात्र विकल्प हुन गएको छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्