समाज » लेख/फीचर/समीक्षा


 

महिलामा आङ खस्ने समस्या


अमिका राजथला
September 19, 2020, Saturday

भक्तपुर जिल्लाको चित्रपुरकी शोभा ३२ वर्षीकी मात्र भइन् तर विगतका १३ वर्ष उनले आङ् खस्दा आम महिलाले भोग्ने समस्या भोग्दै गुजारिन् । दुई छोराकी आमा शोभाले आङ खसेको कारण गत माघ महिनामा पाठेघर नै निकालेर फ्या“किन् । शोभामा आफू स्वस्थ हु“दा काम गर्ने जोश प्रशस्त थियो तर अब त्यो जोशमा उनमा रहेन । उनी पारिवारिक रूपमा चलाइएको होटलमा काम गर्थिन् तर अहिले उनमा काम गर्ने आ“ट सेलाएको छ । उनी भन्छिन्( ूयो मेरो पहिलाको जीउ नै होइन जस्तो लाग्छ । एक छिन चुप नलागी काम गर्ने यो जीउमा अब काम गर्ने आ“ट अलिकति पनि छैन । काम गरिहाले पनि तुरुन्तै थाकिन्छ । के गर्ने के नगर्ने रुू

दोस्रो छोराको जन्मपछि उनले परिवार नियोजनको साधन ूडिपो प्रोभेराू सुई लिएकी थिइन् । सुई लिएको दुई महिनापछि नै सुईको असरको रूपमा रक्तश्राव हुन थाल्यो । सात महिनासम्म रक्तश्राव हुने क्रममा उनले थुप्रै चिकित्सकहरूलाई देखाइन् पनि । यही क्रममा एक जना चिकित्सकले भने पाठेघर झरेको कारण ठाउ“मा राखेको र पाठेघरमा घाउ भएको कारण अपरेशन गर्नु पर्ने जनाउ दिए ।

आङ खस्ने समस्याको शोभा एकजना प्रतिनिधि पात्र हुन् । नेपालका थुप्रै महिलाहरूले उनले जस्तै आङ खस्ने समस्या भोग्दै आएका छन् । ढेउको, आङ खस्ने, फकुण्डो खस्ने, चेलास्थान खस्ने, पाठेघर खस्ने, हड खस्ने, गर्भाशय खस्ने आदि अनेक नामले यस रोगलाई सम्बोधन गर्ने चलन छ । महिलाहरूले यो रोग लाग्दा पाउने सुविधा, स्याहार र व्यवहार फरक फरक हुन सक्छ तर सबै महिलाहरूले भोग्नु पर्ने शारीरिक र मानसिक पीडा चाहिं एउटै हुन्छ ।

यौनलाई नराम्रो दृष्टिकोणबाट हेरिने प्रवृत्ति र यो आङ खस्ने रोग भनेको यौनांगस“ग जोडिएको समस्या भएको कारण पनि महिलाहरू हत्तपत्त यो समस्या आफूमैं सीमित राख्छन् । लाज, डरका कारण रोगलाई लुकाउ“दै जा“दा आफैले सौता व्यहोर्नु पर्ने, सम्बन्ध विच्छेद हुनेजस्ता सामाजिक समस्या पनि महिलाहरूले भोग्न वाध्य भएका छन् ।

डोटीकी एक ७५ वर्षी बृद्धा र उनकी बुहारी दुवैको पाठेघर खसेको थियो । एक जना मातृशिशु कार्यकर्तामार्फ उनले महिला स्वास्थ्य शिविर बस्दैछ, त्यहा“ सित्तैमा उपचार, शल्यक्रिया हुन्छ भन्ने जानकारी पाउ“दा पनि उनले शिविरमा जान मानिनन् । उनको प्रत्युत्तर थियो( ूहामी त बूढी भैसक्यौं, क्या अर्न ९के गर्न० हस्पताल जाने हो रु फेरि बुहारीलाई अस्पताल लगेर आङ झिकी दिए भने उनका त तीन बच्चा बाहेक अरु हु“दैनन् । त्यसैले हामी हस्पताल नै जान्या ९जा“दैनौं० ।ू ती बृद्धाको कुरामा पाठेघर खसेकी उनकी बुहारीले फेरि अर्को बच्चा जन्माउनु पर्ने आशय देखिन्छ । ग्रामिण भेगका कतिपय महिलामा यो समस्या भनेको बच्चा जन्मिएपछि हरेक महिलामा देखिने समस्या हो भन्ने लागेर पनि यो रोगलाई बेवास्ता गरेर बसेको अवस्था छ ।

यस्तै लप्सीफेदीका एक ६० वषिर्या बृद्धाले पनि आफ्नो समस्या लुकाएर राखिन् । २० वर्षेखि झरेको आङलाई झुण्ड्याउ“दै हिंडेकी ती बृद्धाले आफूलाई समाजले ुफकुण्डे बूढीु भनेर जिस्काउ“छन्, हेप्छन् भनेर कसैलाई नभनेको बताइन् । 

पाठेघर खस्नुलाई प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको रूपमा लिइने गरिन्छ । प्रायः मध्यम तथा निम्न स्तरका महिलामा देखिने यो समस्याका सम्बन्धमा राज्यपक्षबाट उचित सम्बोधन हुन सकेको छैन, न विशेष कार्यक्रम नै । परिणाम स्वरूप महिलाहरू पाठेघर खस्ने समस्याले ग्रसित छन् ।

युएनएफपिए, डब्लुएचओ र त्रिवि शिक्षण अस्पतालको श्रोत अनुसार हाल नेपालमा छ लाख महिला यो समस्याबाट पीडित छन् । जसमध्ये दुई लाख महिलालाई तत्काल उपचारको आवश्यकता छ । यस्तै सुरक्षित मातृत्व सञ्जालले सन् २००४मा देशका विभिन्न १० जिल्लामा गरेको स्वास्थ्य शिविरको अध्ययनले पहाडी क्षेत्रका ७० प्रतिशत र तर्राई क्षेत्रका ३० प्रतिशत महिला यो समस्याबाट पीडित भएको उल्लेख गरेको छ । सो अध्ययन अनुसार समस्या भएका ९५ प्रतिशत महिलाहरूले बच्चा जन्मिएको ४५ दिन भित्र भारी काम गरेको, गह्रुंगो बोझ उठाएका थिए । अध्ययनअनुसार १६ वर्षेखि ८० वषिर्या बृद्धासम्ममा यो रोग देखिएको छ ।

चिकित्सकहरूका अनुसार महिलाले गह्रौं भारी उठाउ“दा पेटको मांशपेशीमा बढी जोड, दवाव पर्दा पाठेघर खस्ने संभावना बढी हुन्छ । यस्तै घरमैं बच्चा जन्माउ“दा जन्मिने समय नहु“दै बल गर्न लगाउ“दा, छिटो बच्चा जन्मिन्छ भनेर पेटमाथि थिच्ने गर्दा, सुत्केरी अवस्थामा पोषिलो खानेकुरा नखा“दा पनि पाठेघर खस्ने संभावना बढी रहन्छ । कीर्तिपुर अस्पताल ९फेक्ट०की प्रोजेक्ट डाइरेक्टर डा। तारामैया शाक्यकाअनुसार पाठेघर झरेका महिलाहरू घाउ नै घाउ पारेर अस्पताल आउ“छन् । पाठेघर झरेर घाउ नै घाउ भएका महिलाहरूले समेत बैवाहिक बलात्कारको शिकार हुनु परेको अनुभव सुनाउ“दै डा। तारा भन्नुहुन्छ( पाठेघर झर्नुमा घरेलु हिंसाको पनि भूमिका रहेको हुन्छ । त्यसैले सन् २००३ देखि अस्पतालले विरामी महिलाहरूको ुस्त्रिmनिङु पनि गर्दै आएको छ  ।

युएनएफपिएले सन् २००५मा कीर्तिपुरमा गरेको अध्ययन अनुसार जम्मा महिला विरामी मध्ये ४२ प्रतिशतमा पाठेघर खस्ने समस्या थियो । जसमध्ये ४८ प्रतिशत महिलामा हिंसाको कारण पाठेघर खस्ने समस्या देखिएको थियो भने ५२ प्रतिशतमा पाठेघर खस्ने समस्यापछि महिलाहरूले विभिन्न प्रकारको हिंसा भोग्दै आएका छन् । यस्तै रौतहटमा सन् २००६ मा गरेको अध्ययनअनुसार  एक सय ९ पाठेघरका रोगी महिलामध्ये ६७ जना महिला घरेलु हिंसाका शिकार भएका थिए भने ४० प्रतिशत घरेलु हिंसाका कारण पाठेघर खस्ने समस्याबाट महिलाहरू पीडित भएका थिए । यस्तै ६० प्रतिशत महिलाहरू पाठेघर खस्ने समस्या आफूमा देखिएपछि घरेलु हिंसाको शिकार भएका थिए ।

शारीरिक रूपमा पीडित महिलाहरूले थप पीडा भोग्नु परेको सम्बन्धमा डा तारा भन्नुहुन्छ( महिलालाई आघात पुर्याउने परम्परागत प्रबृत्तिहरूको अन्त्य हुनु पर्छ, परिवारजनले पाठेघर खस्ने समस्या भनेको मात्र महिलाको समस्या  हो भनेर बुझ्नु भएन र स्वास्थ्यकर्मीले पनि पीडितहरूको समस्या बुझेर उपचार गर्ने प्रयास गर्नु पर्छ ।

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्