समाज » अन्तर्वार्ता


 

सुरक्षित छैनन्, महिला मानवअधिकार रक्षक


November 20, 2013, Wednesday

सन् १९६०, ७ अगस्ट सिरहा जिल्लामा जन्मेकी रेणु राजभण्डारी महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष तथा महिला पुनस्र्थापना केन्द्र ओरेकको संस्थापक अध्यक्ष हुन् । उनी नेपालका थोरै महिला अधिकारवादीमध्ये एक हुन् जो आफुलाई महिलावादीको रुपमा परिचित गराउन हिच्किचाउदिनन् । यहाधेरै यस्ता अधिकारवादी पनि छन् जो महिला अधिकारका लागि त लड्छन् तर आफूलाई महिलावादीको ट्याग दिन चाहदैनन् । उनलाई जन्मदेखि नै महिलावादी भन्दा पनि केही फरक पर्दैन । वाल्यावस्थादेखि नै महिलाको अवस्था र महिला अधिकारका विषयमा चिन्तित रहने स्वभावकी रेणुले महिला अधिकार, भेदभावका विषयमा चाडै अध्ययन गर्ने मौका मिल्यो ।

सन् २००४ देखि महिला अधिकार रक्षकहरुको मान्यता र सुरक्षाको लागि विभिन्न मागहरु राखी अन्तर्राष्ट्रिय रुपमा अभियान सञ्चालन भयो । त्यसै सिलसिलामा सन् २००५ को नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय परामर्श गोष्ठीद्धारा कार्ययोजनाहरु पारित गरी यस अभियानलाई सशक्त रुपमा अगाडि बढाउने आधार तयार गरिएको थियो । यही आधार अनुसार नेपालमा ललितपुरमा सन् २००६मा महिला मानवअधिकार रक्षहरूको बृहत सम्मेलन भयो र सम्मेलनले देशभर महिला मानवअधिकार रक्षकहरूको संजाल नै बनायो। संजालले देशभर महिला हिंसा विरुद्ध आवाज उठाउने काम गर्दै आएको छ । यही संजालका सम्बन्धमा अध्यक्ष डा. रेणु राजभण्डारीसँअमिका राजथलाले गर्नुभएको कुराकानीः

 महिला मानवअधिकार रक्षकहरूको संजालको पृष्ठभूमिलाई कसरी सम्झनुहुन्छ ?

लोकतन्त्रका लागि काम गर्ने महिलाहरु अझै नै रिस्कमा छन् भन्ने कारणले नै महिला मानवअधिकारको हामीले एउटा मिटिङ ग¥यौं । जनयुद्धको बेलामा ओरेकले हरेक दिन ५ विकास क्षेत्रमा ओरेकले शान्ति सम्मेलन गरेको थियो । त्यो सम्मेलन गर्दा हरेक ठाउँमा सुरक्षाकोृ समस्या थियो । सम्मेलन  अनि काम गर्दा महिलाहरुले हामीलाई माओवादीतिरबाट पनि खहीखबर गर्छन्, राजाबाट आर्मीले पनि खहीखबर गर्छन् । हामीलाई एकदमै गाह्रो भो भनियो 

 धेरैजसो हामी अधिकारकर्मी साथीहरु स्टाइल पनि नगर्ने, समुदायमा काम गर्ने हुन्छन् नि त । अनि आर्माीहरुले तिमीहरु माओवादी जस्तो देखिन्छौ नि त के हो भनेर भन्ने । अधिकारको कुरा गर्ने हुँदा माओवादीले चाहिँ यो सुराकी हो कि यस्तो अधिकारको कुरा गर्ने भने । तत्कालीन विद्रोही माओवादीले पनि प्रश्न गर्ने, सरकारबाट पनि टार्गेटमा प¥यौ 

जेनेभामा गएको बेलामा संसारभरि महिलाको प्रश्न भइरहेको रहेछ । महिला मानवअधिकार रक्षकको कुरा गर्ने भनेर जेनेभामा काउन्सिलको एउटा साइड इभेन्ट प्लान गरेको थियो । त्यो साइड इभेन्टमा मलाई पनि बोलाइयो । त्यसमा इम्मा स्पेसल रिप्रिजेन्टेटीभ ह्युमन राइट डिफेन्डर पनि थियो । त्यहाँ हामीले सबै कुरा ग¥यौ । त्यही वर्षको नोभेम्बर २००० मा मार्चमा कुरा भयो । नोभेम्बरमा श्रीलंकाको कोलम्बोमा अन्तराष्ट्रिय सम्मेलन गर्दा नेपालबाट म र मन्दिरा थियौ । अब चाहिँ अन्तर्राष्ट्रिय रुपमा पनि संसारभरि महिला मानवअधिकार रक्षक सञ्जालको सुरुवात गर्नुपर्छ भन्ने हिसाबले त्यहाँ पनि कुरा भयो 

अनि मैले मार्च ८ को अवसर पारेर स्टाफ कलेजमा एउटा सम्मेलन गरें । जसमा हिना जिलानी पनि आउन खोजेको थियो । सरकारले आउन दिएन हिनालाई 

उहाँलाई रिजेक्ट गर्नुको कारण के थियो ?

त्यतिखेर मानवअधिकारकर्मीलाई राम्ररी हेरिंदैनथ्यो । राजाको सरकारले आउन दिएन । मेरी जिन चाहिँ आइन्, कार्यक्रम गर्नको लागि हामीले स्टाफ कलेजमा लिएको हल अन्तिममा दिएन नि । पछि हामीले चौरमा ग¥यौ । कार्यक्रमलाई राजनीतिक गतिविधि भन्ठानेछ प्रशासनले । हामीले यो कुरा पनि इतिहासमा राख्नैपर्छ 

 हामीले मंगलबजारमा गएर तत्कालीन राजाविरुद्ध नारा लगाएको थियो । त्यसमा सबै पार्टीमा भएका÷नभएका महिला अधिकारको क्षेत्रमा काम गर्ने सबै महिलाहरुको जमघट थियो । त्यहाँबाट एक किसिमले अनअफिसीयल ÷अफिसियल नेटवर्क सुरु भयो कुरा गर्न थाल्यौ । जनआन्दोलन हुने वित्तिकै हामीले पहिलो राष्ट्रिय सम्मेलन महिला मानवअधिकार रक्षक सञ्जालको ग¥यौ 

यो सञ्जाल कसरी संचालित छ ?

यो सञ्जाल दर्ता नभई शुरु गरिएको थियो, अहिले पनि दर्ता छैन । यो एनजीओ होइन । यो एउटा अभियान हो । यसमा जो पनि समावेश हुन सक्छ । कोही एनजीओमा बसेर काम गरेका छन् कोही राजनीतिक पार्टी, कोही पत्रकार, कोही वकिल । महिलाको मुद्दामा काम गर्ने महिला जोखिममा हुन्छ । त्यतिखेर कुनै साथीलाई केही प¥यो भने हाम्रो मुख्य उद्देश्य नै महिला मानवअधिकार रक्षकको पहिचान र सुरक्षा हो भनेका छौं । महिला मानवअधिकार रक्षक सञ्जालको काम हिंसामा काम गर्ने महिलाको सुरक्षाको लागि काम गर्ने हो । मानौं तपाई पत्रकार भएर महिला हिंसाविरुद्ध लेख्नुहुन्छ । कसैले महिला हिंसाविरुद्ध लेखेकै कारणले तपाईलाई कसैले थर्कायो, केही भन्यो भने देन वि विल स्पिक अबाउट यु 

यस अभियानमा महिला मात्र समेटिन्छन् कि पुरुष पनि ?

महिला मात्र । एउटा प्रश्न छ महिला र तेस्रोलिङ्गी मात्रै ? यो एकदमै विवाद हो । महिलाको मानवअधिकार रक्षक पुरुष पनि हुन सक्छ । यो महिला अधिकारमा मात्रै होइन, त्यो पनि एउटा क्लियर गरौं । महिला मानवअधिकार रक्षक भनेपछि मानवअधिकारको क्षेत्रमा काम गर्ने महिला । मानवअधिकारको क्षेत्रमा काम गरेकै कारणले जना १ पुरुष र १ महिला मानवअधिकार रक्षक छ भने उनीहरुलाई राज्यले गर्ने ट्रिटमेन्ट पनि फरक छ । जस्तै उदाहरणको लागि म र सुबोध ( सुवोध प्याकुरेल)जी नै उभ्यौ भने बराबरीको काम गरे भने पनि सुबोधजी र मलाई राज्यले गर्ने ट्रिटमेन्ट फरक हुन्छ । राज्यले उनलाई बढी प्रायोरिटी दिन्छ । तर अर्को म महिला भएकै कारणले मेरो जेन्डर रोल पनि छ । मेरो घरलाई पनि हेर्नुपर्ने हुन्छ । समाजले पनि मबाट निश्चित कुराहरु आशा गरेको हुन्छ । म राति सँगसँगै गएर जेल परें रे । भोलिपल्ट फर्केर आउँदा मलाई र मेरो पुरुष साथीलाई घरमै गर्ने ट्रिटमेन्ट फरक हुन्छ । त्यसैले हामीलाई दिएको भ्यालु छ, सोसाइटीको । त्यसले गर्दा महिलालाई जोखिम बढी छ । त्यसैलाई केन्द्रित गरेर हामीले महिला मानवअधिकार रक्षक भनेर लानुपर्छ भन्ने मान्यता राखेर हामी यसमा गएका छौं 

महिला भएकै कारणले बढी जोखिम छ र ?

हो, महिला भएकै कारणले बढी जोखिम छ । महिला भएकै कारणले अधिकार कम छ र महिला भएकै कारणले डबल रोल पनि निर्वाह गर्नुपर्छ । घरमा कस्तो अप्ठ्यारो छ भने महिला मानवअधिकार रक्षकलाई, म मानव अधिकारकर्मीलाई कसैले एप्रिसिएट पनि गर्दैनन् तर घरमा आएपछि मलाई घरमै हिंसा गर्ने सम्भावना बढी हुन्छ । जान्ने भएर, घर नहेरेर बाहिर बाहिर हिंडिरहेकी छस् भनेर मलाई थप हिंसा व्यहोर्नुपर्ने हुन्छ 

तपाई डाक्टर मान्छे, महिला अधिकार, महिला हिंसा अधिकारका क्षेत्रमा लागिरहनु भएको छ अझै पनि महिला मानवअधिकार रक्षकमा लागिरहनुभएको छ । तपाईले व्यक्तिगत रुपमा पनि महसुस  गरेर महिला मानवअधिकारका क्षेत्रमा लाग्नु भएको हो ?

हो, मलाई के भएको भने राजाले टेकओभर गर्दा मलाई त्यतिखेर एकदमै नराम्रो फिल भएको थियो । जेनेभामा लबी गर्न ५ जना नेपालीहरु थिए । म सुशील, अर्जुनलगायतका थियौं । यति मिहिनेत गरी काम गरियो । म र अर्जुन सँगसँगै नेपाल एडभोकेसी फोरम एस्टाब्लिस गर्ने काम सबैमा लागेको हो । पछि सबैमा सक्सेस भएर फर्केपछि मेरो नाम कहीँ पनि छैन । देश र लोकतन्त्रको लागि योगदान पु¥याउने त्यही मानव अधिकारकर्मी भनेपछि सुशीलजी, अर्जुन यिनीहरुको नाम मात्र आउने । इट फिल्स रियल्ली ब्याड । हामीले काम गर्दा हामे नाम नआउने । एनजीओ सेक्टरमा काम गरेर मानवअधिकारको लागि मरेर काम गर्ने ।  मिडियाले पनि मानवअधिकारकार्मी भनेर बोलायो भने सुशील प्याकुरेल, कृष्ण पहाडी पुरुषको मात्र आउने, हाम्रो पहिचान खोइ ? हामीले मरीमरी काम गर्न के मतलब ?

अहिले त मलाई महिला अधिकारको क्षेत्र भित्रै फिल हुन थालेको छ । महिला अधिकार परियोजनाकर्मी र महिला अधिकारकर्मी भनेर लेखेको छु । महिला अधिकार परियोजनाकर्मीहरु प्रोजेक्ट हुँदा सम्म बोल्छन् । पैसा भएपछि हाइफाइ कुरा गर्ने मान्छेलाई खुवाउन सक्ने ल्याउने सबै थोक हुन्छ । हामी महिला अभियन्ता महिलाको लागि जति पनि गर्न सक्छौं । जहिले पनि जसको पनि विरोधी, जुन सरकार आए पनि विरोधी । सरकारको पनि विरोधी, एनजीओको पनि विरोधी, सबैको विरोधी 

तपाईले भन्नुभयो जिल्लामा टार्गेट कहिले माओवादी कहिले सरकार पक्षबाट । त्यस्तो तपाईले पनि भोग्नु भयो ?

मैले त्यति धेरै फिल गरेको छैन तर पनि भएको छ । कसरी भने माओवादी जनयुद्धको बेलामा अब ओरेक त एनजीओ हो । एनजीओलाई त माओवादीले इम्प्याक्ट गरेको हो । सल्यानमा ओरेक बन्द ग¥यौं । माओवादीले बन्द गर भनेर बन्द गरेको होइन तर अप्ठ्यारोमा बन्द ग¥यौ 

अप्ठेरो भन्नाले ?

 सल्यानमा हाम्रो स्टाफहरु राति पनि दिउँसो पनि हिँड्ने । जतिखेर पनि पुलिस पछि लाग्ने । तिनीहरुले माओवादी हो भन्ठान्ने । त्यसो गर्दा एनी टाइम रिस्कमा पर्न सक्ने भएर हामीले बन्द गर्नुप¥यो । नुवाकोटमा पनि एउटा आर्मीले हेरिराख्ने र अर्को माओवादी, राजावादीले पनि हेरिराख्ने । अनि रातदिन हिँड्ने भनेर स्टाफलाई लिएर जाने । केहीगरी आर्मीले काउन्टर एट्याक ग¥यो भने हाम्रो स्टाफ पनि जाने भयो नि । माओवादीबाट तिमीहरु एनजीओ को हौडलर खाने दलाल भनी बेलाबेलामा थर्काउने, गाली गर्ने । त्यो डर त भइरहेको हो । सरकारले पनि तिमीहरु माओवादी हौ भन्थ्यो   बेलाबेलामा थर्काइराख्ने भयो तर लिडरसिपले होइन । मलाई पनि अप्ठ्यारो परेको हो 

अहिले मानवअधिकार रक्षकको अवस्था कस्तो छ ?

एकदमै अप्ठ्यारो छ । समुदायमा महिला हिंसाको बारेमा बोल्ने भनेको महिला मानवअधिकार रक्षक मात्रै हो । महिला हिंसाका केस बाहिर ल्याउने काममा बोल्ने, सपोर्ट गर्ने अहिले शत प्रतिशत महिला मानवअधिकार रक्षक हुन् । त्यसको मतलब महिला मानवअधिकार रक्षक सञ्जालमै आवद्ध छन् भन्न खोजेको होइन 

काठमाडौंमा बसेको म जस्तो महिला मानवअधिकार रक्षकलाई कसैले केही गर्न सक्दैनन् तर समुदायमा ऊ पढेलेखेको छैन, ऊ दलित महिला मानवअधिकार रक्षक छन् । थुपै्र दलित महिला मानवअधिकार रक्षक छन् जुन भूमिअधिकारको लागि काम गरिरहेका छन् । सुकुम्वासी आफ्नो अधिकारको लागि काम गरिरहेका छन्, एकदमै सुरक्षित छैनन् 

महिला सुरक्षाको लागि सञ्जालले के कस्तो व्यवस्था गरेको छ ?

सञ्जालले केही गरेको छैन । सञ्जालले कसैलाई केही अप्ठ्यारो पर्दा हामीले औषधी उपचारलाई सपोर्ट गर्ने हो कि उनीहरुको क्षमता अभिवृद्धिमा सपोर्ट गर्ने हो कि उनीहरुलाई रेस्क्यु गर्ने हो । जस्तो मोनिका झाकै कुरा गर्न सकिन्छ सीमालाई पनि रेस्क्यु गरिया,े विभिन्न किसिमले सपोर्ट गर्छौ । तर हामीले संगठित आवाजमा सरकारलाई सुरक्षा नीति ल्याउ भनिरहेका छौं । त्यहाँ महिला मानवअधिकार रक्षकको सुरक्षाको लागि विशेष नीति चाहियो 

विशेष निति भित्र के कस्तो हुनुपर्छ भन्ने माग छ ?

उनीहरुले भनेको बेलामा सेक्युरिटि रेकग्नाइज हुनुप¥यो । सानो समुदायमा काम गरेर सरकारले ओहो यिनीहरुले राम्रो काम ग¥यो भनेर कामको भ्यालु सिस्टम ग¥यो भने कम्तीमा परिवारको सदस्यले तिमीहरुले केही पाउँदैन तर पनि मान्छेले पत्याएका छन् नि भनेर भन्ने खालको हुन्थ्यो । अरु त के गर्न सकिन्छ त्यही रेस्पेक्ट गर्ने र कामको भ्यालु मात्र दिने हो भने पनि कन्ट्रिब्युसन हुन्थ्यो 

महिला मानवअधिकार रक्षकको अवस्था अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो छ ?

अन्तर्राष्ट्रिय क्षेत्रमा महिला मानवअधिकार रक्षकको अवस्था राम्रै छ । थुपै्र एसोसिएसन इन वुमन डेभलपमेन्ट खुलेका छन् 

यसको मुख्य कार्यालय कहाँ छ ?

हेड अफिस क्यानडा हो तर आजकल अफिसमा काम गर्ने चलन छैन । यसको संयोजन गर्ने साथी  छन् । अब चाहिं हामी नेपालमै त्यसको सचिवालय ल्याउने कि भन्ने सोचिरहेका छौं । एम्नेस्टी इन्तरनेसनल, ह्युमन राइट वाच, आइएसएचआर जस्ता ठूला अन्तर्राष्ट्रिय संस्थाहरू यसका सदस्य छन् 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्