कला » समाचार


 

आफ्नै 'बायोपिक' निर्देशन गर्दै म्याडोना


एजेन्सी
September 24, 2020, Thursday

न्युयोर्क / प्रसिद्ध गायिका म्याडोना अाजभाेलि जीवनीमाथि बन्ने फिल्मका लागि व्यस्त छिन् । फिल्मकाे निर्देशन उनी अाफै गर्छिन् तर फिल्मकाे नाम सार्वजनिक गरिएकाे छैन । 

युनिभर्सल पिक्चर्सले म्याडोनाको बायाेपिक बनाउने घाेषाणा गरेकाे थियाे ।

म्याडोना फिल्ममा आफ्नो जीवन यात्रालाई प्रस्तुत गर्न चाहिन्छिन् । 'जीवनले कलाकार, संगीतकार, डान्सरको रुपमा अविश्वसनीय यात्रामा लगेको छ । एक मानिस जो आफ्नो बाटो यो संसारमा बनाउँदै छ,' उनले भनेकी छिन् । चलचित्रमा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि 'ग्लोबल स्टारडम' सम्मको यात्रा समेटिने बताइएको छ ।

म्याडोनाले उक्त फिल्म संगीतमै आधारित हुने उल्लेख गरेकी छिन् । 'संगीतले अगाडि बढ्न र कलाले मलाई जीवित राखिरह्यो । मेरो जीवनमा धेरै नभनिएका र उत्प्रेरणा दिने कथा छन् जसलाई मैलेबाहेक कसले राम्ररी भन्न सक्छ,' उनको बयानमा उल्लेख गरिएको छ ।

फिल्मलाई एमी प्यास्कलले निर्माण गर्ने बताइएको छ । यसअघि एमीले सन् १९९२ मै उनले 'अ लिग अफ दियर ओन' बनाउने क्रममा नै म्याडोनासँग काम गरेकी थिइन् । फिल्मको स्क्रिप्ट भने म्याडोनाले ओस्कर विजेता स्क्रिनराइटर डियाब्लो कोडीसँग मिलेर लेख्नेछिन् । कोडीले सन् २००७ मा चलचित्र 'जुनो'का लागि ओस्कारमा बेस्ट स्क्रिनप्ले अवार्ड जितेकी थिइन् ।

६२ वर्षीया म्याडोनाले भने यसअघि सन् २००८ मा ब्रिटिस ड्रामा 'फिल्थ एन्ड विज्डम' निर्देशन गरेकी थिइन् । उनको अन्तिम एल्बम भने सन् २०१९ को 'म्याडम एक्स' हो ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्