समाचार || समाचार »


 

पर्सीसम्म निरन्तर वर्षा


नेवाः टाइम्स
September 24, 2020, Thursday

काठमाडौं । देशमा विगत तीन दिनदेखि व्यापक रुपमा भइरहेको वर्षाका कारण म्याग्दी, स्याङ्जालगायतका जिल्लामा गएको पहिरोले व्यापक धनजनको क्षति गरेको छ भने देशभर जनजीवन असहज भएको छ ।

वालिङ, स्याङ्जा१४ मा आज विहान गएको पहिरोमा पुरिंदा एकै परिवारका ८ जना र पाहुना आएकी एक महिलाको शव फेला परेको छ । पहिरोमा १० जना पुरिएकोमा एक जनाको जिवितै उद्दार गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ भने यो न्युन चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ ।

विभागबाट आज जारी भएको बुलेटिनअनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ ।

आज राती पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र प्रदेश नं १,  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ उल्लेख छ ।

सूचनाअनुसार भोलि र पर्सी पनि वर्षा हुनेछ । पर्सी देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने प्रदेश नं १ र प्रदेश नं २ का  २ स्थानहरुमा भारी वर्षाको  समेत संभावना रहेको छ।

सरकारको विपद जोखिम न्यूनिकरण पोर्टलमा राखिएको  सूचनाअनुसार असोज ७, ८। ९ र १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेकोले असोज ७देखि ११ गतेसम्म बबई, तिनाउ, पश्चिम राप्ती, नारायणी, कालीगण्डकी लगायतका नदीका  तटिय क्षेत्रमा कुनै कृयाकलाप नगर्न अनुरोध गरिएको छ ।

 

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्