समाचार || समाचार »


 

संक्रमितको संख्या पच्चीस हजार नाघे फेरि लकडाउन


नेवाः टाइम्स
September 24, 2020, Thursday

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्नका लागि सिफारिस गर्ने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बतााउनुभयो । यस सम्बन्धी मन्त्रालयमा बसेको वैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ । 

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्