समाचार || समाचार »


 

सहाना प्रधानकाे छैठौं स्मृति दिवस मनाइयाे


नेवाः टाइम्स
September 22, 2020, Tuesday

काठमाडौं । नेपालको वाम-लोकतान्त्रिक आन्दोलनकी अग्रज व्यक्तित्व स्वर्गीय सहाना प्रधानले प्रायः विवेक शून्य तत्कालीन समाजलाई व्यूँझाउन चेतनाको बिगुल फुकेकी थिइन् । उनै नेता सहाना प्रधानकाे  छैठौं स्मृति दिवस मनाउने क्रममा उनकाे व्यक्तित्वकाे चर्चा गरिएकाे सहाना प्रधान प्रतिष्ठानले जनाएकाे छ ।

जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेकी प्रधान नेपालको वाम-प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन, राष्ट्रियताको आन्दोलन र समाज परिवर्तनको आन्दोलनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बहुआयामिक व्यक्तित्व हुन् ।

विक्रम संवत १९८४ साल असार २७ गते काठमाडौँको असनमा जन्मिएकी सहाना आमा रम्भादेवी प्रधान र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तान हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी उनका छोरी उषा र छोरा उमेश श्रेष्ठ छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाको अबको बाटो' विषयक उक्त भर्चुअल कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सहाना प्रधान प्रतिष्ठानका संरक्षक तथा सहानाका छोरा उमेशलाल श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्री वक्ता रहेको महासचिव कला राईले बताइन् ।

नेपाली महिला आन्दोलन र राजनीतिमा एक्सन् ओरिएंटेट् आइरन् लेडी  मानिने सहानाको २०७१ साल असोज ६ निधन भएको थियो ।  

 

 

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्