समाचार || समाचार »


 

पत्रकार कल्याणकारी कोष खडा गर्न सर्वाेच्चकाे आदेश


नेवाः टाइम्स
September 21, 2020, Monday

काठमाडौं / सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाका लागि कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति पेश गर्न आदेश दिएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असाेज ४ गते त्यस्तो आदेश दिएको हो।

श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ बमोजिम हरेक सञ्चारमाध्यमले पत्रकारको हितमा खर्च हुने गरी त्यस्तो कोष खडा गर्नुपर्छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सञ्चार माध्यमहरूले त्यस्तो कोष खडा गरे नगरेको विवरण प्रत्येक दुई महीनामा पेश गर्न सरकारलाई आदेश दिएको हो।

श्रमजीवी पत्रकार नियमावलीमा सञ्चारमाध्यमले आफूले प्राप्त गर्ने विज्ञापनको १० प्रतिशत रकम त्यस्तो कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ। सञ्चार माध्यमका लागि सरकारले वार्षिक कल्याणकारी कोषबाट रू. चार अर्बको विज्ञापन वितरण हुने गरेकाे अवस्थामा, त्यसको १० प्रतिशत मात्रै जम्मा गर्दा पनि ठूलो रकम उठ्छ । याे काेष प्रभावकारी रूपमा कार्यान्वयन हुने हाे भने श्रमजीवी पत्रकारकाे उन्नयन तथा समग्र पत्रकारिताकाे विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्